खरसाङ: तितस लेप्चा स्मृति पुस्तकालय एवम् तितस लेप्चाको परिवारको पक्षबाट प्रत्येक वर्ष सिटोङ एक, दुई अनि तीन ग्राम पञ्चायत क्षेत्रका मेधावी विद्यार्थीहरुमध्ये कक्षा १० स्तरको बोर्ड परीक्षामा सर्वोच्च अङ्क प्राप्त गर्ने एक विद्यार्थीलाई तितस लेप्चा स्मृति शैक्षिक पुरस्कार प्रदान गरिने गरिएको छ। उक्त पुरस्कार यस वर्ष पनि आगामी २८ मार्चको दिन प्रदान गरिने छ। यस उक्त शैक्षिक पुरस्कारको लागि वर्ष २०२४ को कक्षा दस स्तरको बोर्ड परीक्षामा रेगुलर विद्यार्थीका रुपमा उच्च अङ्क ल्याइ उत्तीर्ण विद्यार्थीहरुलाई आफ्नो मार्कसिटको सफ्ट कपि आगामी १२ मार्च २०२५ भित्र पठाइदिने अनुरोध गरिएको छ। प्राप्त भएका अङ्कमध्ये सर्वोच्च अङ्कसहित उत्तीर्ण विद्यार्थीलाई पुरस्कृत गरिनेछ। थप जानकारीका निम्ति तितस लेप्चा स्मृति पुस्तकालय सिटोङमा फानोस लेप्चा अनि भूमिका लेप्चासित सम्पर्क गर्न सकिने जानकारी प्राप्त भएको छ। यस वर्षदेखि मात्र पश्चिम बङ्गाल बोर्ड अफ् सेकेण्डरी एजुकेशनलाई सम्मिलित गरिएको छ।