खरसाङ नगरपालिका वार्ड नम्बर एक, सेक्सन बस्तीका१६ परिवारहरुलाई पट्टा वितरण

IMG-20250304-WA0216

खरसाङ: खरसाङ नगरपालिका वार्ड नम्बर एक, सेक्सन बस्ती धोबीझोड़ा फारेस्ट भिलेजका मोठ सोह्र परिवारलाई पट्टा वितरण गरियो। मंगलवार यहाँ आयोजित एक कार्यक्रममा यहाँ तयार गरिएको हेवेन द पाईन फारेस्ट इको पार्कको पनि विधिवत् उद्घाटन दार्जीलिङका जिल्लाशासक डा प्रीति गोयलले गरिन्। यसै कार्यक्रममा स्थानीय फरेस्ट भिलेजका सोह्र परिवारलाई फरेस्ट राईट एक्ट-२००६ को आधारमा टाइटल डीड (पट्टा) पनि प्रदान गरियो। पट्टा पाउनेहरुमा १२ ट्राईबल परिवारहरुलाई ट्राईबल टाइटल डीड (पट्टा ) अनि चार अन्य जातिलाई टाइटल डीड (पट्टा ) प्रदान गरियो। पट्टा पाउनेहरुले आफ्नोमा जति जमीन छ त्यति नै जमिनको पट्टा पाएका छन्।

यस अवधि सभासद श्याम शेर्पाले जीटीएका प्रमुख कार्यपाल अनित थापाको कारण नै आज यसरी टाइटल डीड पाउन सकेको बताए। उनले जीटीए मुख्य कार्यपाल अनित थापा अनि खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरूङ, उपाध्यक्ष सुवास प्रधान लगायत खरसाङ नगरपालिकाको ठूलो उपलब्धि हो भनी बताएका छन्। यता पट्टा प्राप्त गर्नेहरूले पनि पट्टा पाएपछि खुशी व्यक्त गर्दै ढिलै भए पनि आफ्नो अधिकार पाउन सकेकोमा सम्बन्धित विभाग अनि खरसाङ नगरपालिकाप्रति आभार व्यक्त गरेका छन्। कार्यक्रममा सभासद नुरी शेर्पा, कल्पना प्रधान लगायत विभागीय अधिकारीहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement