लङ्भ्यु चियाबारीको प्रबन्धक एपी सिंह निखोज भएको सूचना पुलिस थानामा

IMG-20250304-WA0179

खरसाङ: हिल प्लान्टेशन इम्प्लोइज युनियन (एचपीइयु), लङ्भ्यू शाखाको पक्षबाट लक्ष्मी छेत्रीले हस्ताक्षर गरेर यस चियाबारीका प्रबन्धक एपी सिंह गत केही दिनदेखि लापत्ता भएको सूचना गाडीधुरा पुलिस थापालाई दिएकी छन्। उनले उक्त पत्रमा हिल प्लान्टेशन इम्प्लोइज युनियनको पक्षबाट गत १४ फरवरी २०२५ को दिन एउटा अठाह्र बुन्दे माग पत्र प्रबन्धकलाई सुम्पिएको र यस विषयमा चाँढै बैठक राख्ने आग्रह गरे तापनि तर आजसम्म कुनै बैठक नगरेको उल्टा बलपूर्वक पहिलो पत्ती टिप्न लगाइएको आरोप लगाउँदै यद्यपि प्रबन्धक गत ३ मार्चदेखिनै यहाँबाट लापत्ता भएको जनाउँदै पुलिस प्रशासनले चाँडो उनको खोजी गरेर निकाल्ने आग्रह गरेकी छन्। प्रबन्धक सिंहले श्रमिकहरूको मागलाई लिएर सबै श्रमिक संगठनहरूलाई बोलाएर बैठक गरिनुको सट्टा “नो वर्क, नो पे”-को नोटिस टाँसेर लापत्ता भएको अवगत गराउँदै फेरि अर्कोतिर वार्षिक छुट्टीको पनि घोषणा गरेर श्रमिकहरूमा अन्योलमा सृष्टि गरेको औ बगानमा प्रबन्धक स्वयंले अशान्ति र तनावपूर्ण स्थितिको सृजना गरेको पनि जनाएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement