खरसाङ: खरसाङ महकुमा खेलकूद संघको सभा आफ्नो कार्यालयमा सम्पन्न भएको छ। उक्त सभा सभापति मोहन योञ्जनको अध्यक्षता र सचिव निर्मल गुरुङको सञ्चालनमा सम्पन्न भएको छ। सभाको शुरुमा सचिव निर्मल गुरुङले गत शहीद गोल्ड कपको आयोजनामा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। उनले शहीद गोल्ड कप फुटबल टुर्नामेन्टको आयोजनामा विशेष रुपमा सहयोग गर्ने जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्। सभामा सचिव निर्मल गुरुङले खरसाङ महकुमा खेलकूद संघको २०२५-२६ को खेल तालिका विषयमा छलफल गर्दै आगामी २२ मार्चदेखि शुरु हुन लागेको टी ट्वेन्टी क्रिकेट टुर्नामेन्टको लागि सबै सदस्यहरूलाई तयार रहने आह्वान् गरेका छन्। उनले खरसाङ महकुमा खेलकूद संघको आयोजनामा १७ वर्षमुनिका लागि यसपाली आयोजना गरिने खरसाङ प्रिमियर लिग विषयमा पनि चर्चा परिचर्चा गरिएको छ। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघको उप सभापति फुर्बा घिसिङले विस्तृत रुपमा जानकारी गराएका छन्।