७ सेप्टेम्बरः दार्जीलिङ गोर्खा हिल स्पोर्टस एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीग कम् नक्-आउट फूटबल प्रतियोगितामा बुधवार दुईवटा म्याच खेलियो। लेबोंगको गोर्खा स्टेडियममा आज भएको पूल ई-को म्याचमा च्यालेञ्जर स्पोर्टिंग क्लबले युनाइटेड फेलोशीप्स स्पोर्टिंग क्लबलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट दिवस राई र संगम मुखियाले गरे। यसरी नै युनाइटेड फेलोशीप्स स्पोर्टिंग क्लबबाट नेमा तामाङले गोल गरे। यसबाहेक दोस्रो म्याचमा मार्विक स्पोर्टिंग क्लबले सिटी भेल्ली एफसी-लाई ८-०-ले पिट्यो। विजेता टीमबाट छोग्याल तामाङले २ गोल गरे। यसबाहेक नोरसांग लामा, प्रज्वल सुब्बा, सादेन शेर्पा, मनोज सुब्बा, सुलभ गुरुङ र सुलभ थापाले १-१ गोल गरे।










