खरसाङ नगरपालिकाको कर्मबन्धुहरुकोा समस्या लिएर भागोप्रमो खरसाङ टाउन कमिटी नगरपालिकामा

IMG-20250304-WA0233(1)

खरसाङ: खरसाङ नगरपालिकाको कर्मबन्धुहरुका समस्या लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीका पदाधिकारीहरु नगरपालिकामा पुगेका छन्।खरसाङ नगरपालिकामा कार्यरत् कर्मबन्धुहरुलाई उनीहरूको कार्य लिएर भईरहेको समस्या साथै उनीहरूलाई वैकल्पिक रूपमा कार्य गराउने विषय लिएर उत्पन्न भएको समस्याकाे समाधान गर्नकाे निम्ति भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीका कार्यवाहक सचिव बीरबल पाख्रिन, कार्यकारिणी सदस्य विकाश तामाङ र प्रचार प्रसार सचिव सञ्जय रावत अनि स्थानीय २८ नम्बर चिम्नी देउराली समष्टिका सभासद श्याम शेर्पा नगरपालिकाको उपाध्यक्ष सुभाष प्रधानसँग ती कर्मबन्धु लिएर भेटघाट गरेका‌ छन्। यस सम्बन्धमा टाउन कमिटीका कार्यवाहक सचिव बीरबल पाख्रिनले भईरहेको समस्या विषय लिएर उपाध्यक्ष सुवास प्रधानले खरसाङ नगरपालिकामा पन्ध्र पन्ध्र दिनकाे निम्ति क्याजुअल कर्मबन्धु लगाएर कार्य गराउने व्यवस्था अघिदेखि नै थियो। जसलाई पुनः लागु गर्न हेतु नै कार्यालयका सेनेटरी विभागका अधिकारीसँग रिपोर्ट लिए पश्चात नगरपालिकाकोे बीओए सभामा प्रस्ताव पारित गरिएकाे हो भनी टाउन कमिटीलाई जानकारी गराएका छन्। खरसाङ टाउन कमिटीले यस विषयमा वर्तमान आई लागेको समस्याका सम्मुख परेका कर्मबन्धुगणलाई हजुरहरूको समस्याकोे समाधान हेतु नै आज हामी यहाँ उभिएको हौं र भागोप्रमो अध्यक्ष अनित थापाकोे कुशल नेतृत्वमा सबैले नै आआफ्नो अधिकार पाईरहेको बताएका छन्। आज यस समस्याका सम्मुख पर्ने व्यक्तिहरु नगरपालिकामा कर्म बन्धु कर्मचारी भएर धेरै वर्षदेखि सरसफाईकोे कार्यले नै आफ्नो जीविका चलाउने हुनाले वैकल्पिक रूपमा सफाईकाे कार्य गराउने जुन प्रस्ताव नगरपालिकाकोे बीओए सभामा पास गरिएकाे छ र त्यसलाई पुनः बदलाव गरी उनीहरुलाई पहिले झैं कार्य दिने निवेदन गरेका छन्। त्यसलाई उपाध्यक्ष सुवास प्रधानले स्वीकार गर्दै अध्यक्ष
ब्रीगेन गुरूङसंग बात गरेर विचार गरी आगामी दिनमा पुनः एउटा नगरपालिकाकोे बीओए सभा डाकेर प्रस्तावमा बदलाव गरी पहिले झैं उनीहरुलाई कार्यमा राख्ने आश्वासन दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement