गान्तोक: सिक्किम नाम्ची जिल्लाको मल्ली दाड़ाको दुर्गम क्षेत्रमा आफ्नो गाईवस्तुको लागि घाँस काट्ने क्रममा एक महिलालाई चितुवाले आक्रमण गरेको छ।
आक्रमणको क्रममा महिला घाइते भइन् र उनलाई तुरुन्तै नजिकैको स्वास्थ्य सेवा केन्द्रमा उपचारको लागि लगिएको थियो।
आक्रमण पछि, वन विभागले चितुवालाई नियन्त्रण गर्न तुरुन्तै कदम चाल्यो। अधिकारीहरूले चितुवालाई नियंत्रणमा लिएका छन र मानव बस्तीबाट टाढा सुरक्षित बासस्थानमा स्थानान्तरण गरिने बताए।