फिफाद्वारा पाकिस्तान फूटबल महासंघमाथि लगाइएको प्रतिबन्ध हटाइयो

IMG-20250304-WA0141

लाहौर: पाकिस्तान फूटबल महासंघ (पीएफएफ)-लाई यस खेलको वैश्विक संस्था फिफाबाट ठूलो राहत प्राप्त भएको छ। फिफाले पीएफएफ-माथि लगाएको प्रतिबन्ध हटाएको छ कारण पाकिस्तानले खेललाई सुचारु रूपले सञ्चालन गर्न आफ्नो संविधानमा जरूरी बद्लाउ गरेको छ। फिफाले पीएफएफ-माथि ५ फरवरीमा प्रतिबन्ध लगाएको थियो कारण कंग्रेस सदस्यहरू संविधानमा जरूरी बद्लाउ गर्न सकेका थिएनन्। पीएफएफ कंग्रेसका सदस्यहरूले बिहीवार जरूरी संशोधनहरूलाई लागू गर्नमा सहमति जनाएको थियो। पीएफएफ-का एकजना अधिकारीले आइतवार फिफा-का अधिकारीहरूले प्रतिबन्ध हटाइएको जानकारी दिएको पुष्टि गरे। जून २०१९-देखि पाकिस्तान फूटबलको सञ्चालन फिफाद्वारा नियुक्त समितिले गरिरहेको छ, जसलाई विरोधी गुटहरूसँग मतभेदहरूको समाधान गर्ने अनि चुनाउ गराउने जिम्मेवारी दिइएको छ। गत ५ सालमा समितिको नेतृत्वमा धेरै बद्लाउहरू गरिए पनि पाकिस्तान फूटबलको मूल मुद्दाहरू जस्ताको तस्तै रहेको छ। प्रतिबन्ध हटेपछि अब पाकिस्तानले २०२७ एएफसी एशियन कप क्वालीफायरमा हिस्सा लिन सक्नेछ, जसमा टीमले ग्रुप ई-मा आफ्नो पहिलो म्याच २५ मार्चमा सीरियाविरुद्ध खेल्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement