मुख्यमन्त्री तामाङ ग्याल्पो लोसारमा सामेल

IMG-20250303-WA0278

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ आज दक्षिण जिल्लाको बर्फुङ निर्वाचन क्षेत्रअन्तर्गत बखिम प्राथमिक विद्यालय परिसरमा आयोजित ग्याल्पो लोसार समारोहमा सहभागी भए। मुख्य अतिथिकोरूपमा उपस्थित मुख्यमन्त्रीसँग सिक्किम विधानसभा अध्यक्ष एमएन शेर्पा, क्षेत्र विधायक रिकसल दोर्जी भोटिया लगायत अधिकारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको शुरूमा मुख्यमन्त्री तामाङले पारम्परिक शेर्पा घर एवं परम्परागत स्टलहरूको अवलोकन गरे। ग्याल्पो लोसारको महत्वमाथि समारोह आयोजक समितिका अध्यक्ष पासाङ लेण्डुप शेर्पाले प्रकाश पारे। यसबीच क्युजिङ बखिम जीपीयूका वरिष्ठ व्यक्तित्वहरूलाई सम्मान जनाइयो। उक्त कार्यक्रमअन्तर्गत विभिन्न जातीय पारम्परिक नृत्यहरू प्रस्तुत गरिएको थियो। यसअवसरमा भेटरेन्स फुटबल प्रतियोगिता तथा पुरूषवर्गको खुल्ला फुटबल प्रतियोगिताको फाइनल खेल अर्को मुख्य आकर्षण रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement