गान्तोक: पूर्व विधायक डा. मुचुङ भोटियाले सिक्किम डेमोक्रेटिक फ्रण्ट (पार्टी) बाट राजीनामा दिएका छन्। उनले आज पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री प्रेमसिंह तामाङलाई पत्र लेखेर पद साथै पार्टीको प्राथमिक सदस्यताबाट राजीनामा दिएका हुन्। तर, उनले राजीनामा पत्रमा पार्टी त्याग्नुको कारण भने खुलाएका छैनन्।
वर्ष २०१४ को विधानसभा चुनाउमा पूर्व सिक्किमको मार्तम रुम्तेक समष्टिबाट सिक्किम क्रान्तिकारी मोर्चाको टिकटबाट विधायक चुनिएका डा. मिचुङ भोटिया पछि अन्य ६ जना एसकेएम विधायकको साथमा तत्कालीन सत्तारुढ़ सिक्किम डेमोक्रेटिक फ्रण्टमा सामेल भएका थिए। तर, २०१९ को चुनाउमा उनले एसडीएफ पार्टीको टिकट पाएनन्। उक्त चुनाउमा नाथाङ माछोङ र मार्तम रुम्तेक समष्टिबाट एसडीएफ-को टिकटमा डीटी लेप्चा चुनाउ लड़ेका थिए भने दुवै समष्टिबाट जितेका थिए। पछि लेप्चाले मार्तम रुम्तेक समष्टि छोड़्दा भएको उपचुनाउमा पनि पार्टीले डा. मिचुङ भोटियालाई टिकट दिएन। टिकट नपाएपछि उनले त्यस समय पनि एसडीएफ पार्टी त्यागेका थिए। राजीनामा दिएर उनी निर्दलीय उम्मेद्वारको रुपमा उपचुनाउ लड़ेका थिए। तर, चुनाउ जितेनन्। पछि कोभिड कालमा उनी फेरि एसडीएफ पार्टीमा सामेल भए। २०२४ को चुनाउमा भने एसडीएफ पार्टीबाट उनले टिकट पाए। तर, फेरि एकपल्ट हारको सामना गर्नु परेको थियो।
राजीनामा पत्रमा डा. मिचुङ भोटियाले एसडीएफ अध्यक्ष तथा पूव मुख्यमन्त्री पवन चामलिङको नेतृत्वमा काम गर्ने अवसर पाएकोमा आभार व्यक्त गरेका छन्।