देन्ताम पर्यटन महोत्सवबारे दोस्रो समन्वय बैठक

IMG-20250303-WA0273

गेजिङ: देन्ताम पर्यटन महोत्सवलाई लिएर आज उत्तरेमा एक समन्वय बैठक सम्पन्न भयो। सभाले २२, २३ र २४ मार्चमा तीन दिवसीय महोत्सव आयोजना गर्ने निर्णय भएको छ। आज बसेको सभाको अध्यक्षता समष्टि विधायक सुदेशकुमार सुब्बाले गरेका थिए। सभामा अतिरिक्त जिल्ला विकास अधिकारी सुरत गुरुङ, पूर्व विधायक दीपककुमार गुरुङ, एसकेएम पार्टी क्षेत्रस्तरीय समिति अध्यक्ष डीएन शेर्पा, जिल्ला पञ्चायत सदस्य केएम लिम्बू, दिनेश गुरुङ, तार्मित लेप्चालगायत पर्यटन क्षेत्रका सरोकारवालाहरू तथा पञ्चायत प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। महोत्सवको मुख्य उद्देश्य देन्तामको सांस्कृतिक र प्राकृतिक सुन्दरता उजागर गर्ने, स्थानीय पर्यटन प्रवर्द्धन, अर्थतन्त्रलाई सशक्त बनाउने र क्षेत्रको समृद्ध परम्परा र जीवन्त संस्कृतिलाई प्रवर्द्धन गर्ने रहेको छ। सभामा महोत्सव व्यवस्थापनबारे छलफल भयो। साथै, विभिन्न समितिहरू गठन गरी कार्यभार जिम्मेवारी प्रदान गरियो। यस कार्यक्रममा मुख्य आकर्षणहरू सांस्कृतिक कार्यक्रम स्थानीय कलाकारहरूद्वारा नृत्य, संगीत, नाटक, तथा पौराणिक गरगहनाको प्रदर्शनी, साहसिक गतिविधिहरू, ट्रेकिङ, प्याराग्लाइडिङ, जंगल सफारी हुनेछन्। स्थानीय परिकार तथा हस्तकला प्रदर्शनी र कौशळ विकास प्रदर्शनी पनि हुनेछ। सभामा सुझाव राख्दै विधायक सुब्बाले महोत्सवलाई भव्य सफलता दिलाउन सामुहिक प्रयास र सहकार्यको महत्त्वमा जोड दिए। उनले सृजनात्मक विचारहरूलाई स्वागत गर्दै सामुदायिक सहभागिता अभिवृद्धि गर्न सबैलाई आह्वान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement