सिलगढी: जादवपुर यूनिवर्सिटी परिसरमा भएको घटनालाई लिएर अखिल भारतीय लोकतांत्रिक छात्र संगठन(एआईडीएसओ) र तृणमूल कांग्रेस छात्र परिषद(टीएमसीपी) बीच विभिन्न स्थानमा झडप शुरु भएको छ।
जादवपुर यूनिवर्सिटीमा भएको घटनाको विरोधमा वाम विद्यार्थी संगठन र एडिसओले सोमबार राज्यभरका कलेज र विश्वविद्यालयमा हडतालको आह्वान गरेका छन्।
यसै अन्तर्गत सोमबार दिउँसो एसएफआईका कार्यकर्ता र समर्थकहरूले बन्दकाे समर्थनमा नॉर्थ बंगाल यूनिवर्सिटी(एनबीयू)को गेट नम्बर २ अगाडि विरोध प्रदर्शन गर्दै थिए भने यूनिवर्सिटीको तृणमूल छात्र परिषदका कार्यकर्ता र समर्थकहरूले पनि यस बन्दकाे डाककाे विरुद्ध प्रदर्शन गरिरहेका थिए।

यसले स्थिति बिग्रियाे। शुरुमा दुई पक्षबीच शब्दयुद्ध भयो तर त्यसपछि यसले भीषण झडपकाे रुप लियाे।
टीएमसीपी कार्यकर्ता र समर्थक र एसएफआई कार्यकर्ताहरू बीचको झडपमा धेरै घाइते भएका छन्। पछि पुलिस हस्तक्षेपले स्थिति नियन्त्रणमा आएको थियो।