चियाबारीबाट चितुवाको शव बरामद  

IMG-20250303-WA0230

जलपाईगुडी: चिया बगानबाट चितुवाको शव फेला परेको छ। जलपाईगुडीको मैनागुरी ब्लकको अमगुरी ग्राम पञ्चायतको पश्चिम बरागीलास्थित गोयल चिया बगानमा सोमबार चितुवाको शव फेला परेपछि सो क्षेत्रमा सनसनी फैलिएको छ। चिया बगानमा घाँस काट्ने क्रममा आज एक महिलाले चितुवाको शव देखेकी थिइन्। उनी गाउँ पुगे र मानिसहरूलाई यसबारे जानकारी गराए। त्यसपछि वन विभागलाई खबर गरिएको थियो। खबर पाएलगत्तै रामसहय टोलीका वनकर्मी घटनास्थल पुगेका थिए।वनकर्मीले मृत चितुवालाई बरामद गरी आफूसँगै लगेका थिए। तर, चितुवाको मृत्यु कसरी भयो भन्ने खुल्न सकेको छैन। वन विभागका अनुसार एक किशोर चितुवाको शव फेला परेको छ। मृत चितुवाको पोष्टमार्टमपछि मात्र मृत्युको कारण खुल्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement