खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन युवा शक्ति तीनधारे महानदी समष्टिको सांगठनिक सभा आज तीनधारेको वरिष्ठ नागरिक कल्याण संगठन भवनमा सम्पन्न भएको छ। उक्त सभा युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राईको अध्यक्षता र समष्टी सचिव सञ्जीव मंगरको सञ्चालनमा सम्पन्न भएको छ। सभामा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री उपस्थित रहेका थिए भने तीनधारे महानदी समष्टिको सम्पूर्ण युवा शक्तिका पदाधिकारीहरू उपस्थित रहेका थिए।

सभामा सभासद नवराज छेत्रीले आफ्नो वक्तव्य राख्दै पार्टीको कार्यहरू युवा शक्तिसित मिलेर गर्ने साथै पार्टीको हरेक कार्यमा युवा शक्तिसित मिलेर गर्ने बताएका छन्। उनले युवा शक्तिले उठाएको कुरालाई पूर्ण रूपमा समर्थन रहेको पनि बताएका छन्। सभालाई युवा शक्ति खरसाङ महकुमा समितिको सांगठनिक सचिव अनिल राई, समष्टीको सचिव सञ्जीव मंगर र समष्टी सभापति एंव सभाध्यक्ष केवल राईले पनि वक्तव्य राखेका थिए। सभामा युवा शक्तिको तर्फबाट आगामी पञ्चायत चुनावको लागि सबै गाउँका मानिसहरूले आफ्नै गाउँको बुथमा भोट हाल्न पाउनु पर्ने कारण धेरैले भोटर कार्ड एकदेखि अर्को गाउँमा रहेको कारणले यो समस्या समाधानको लागि युवा शक्तिले भोटर कार्ड स्थान्तरण गराउन सहयोग गर्ने भएको छ। पञ्चायत चुनावमा आफ्नै गाउँको बुथमा भोट हाल्नको लागि भोट कार्जहरू सार्नलाई स्थानीय बीएलओसित मिलेर कार्य गरिदिने युवा शक्तिले निर्णय गरेका छन्।

पञ्चायत क्षेत्रमा नपरेका गाउँहरूलाई पञ्चायत क्षेत्रमा गाँभ्नलाई क्षेत्रीय सभासद र युवा शक्तिले मिलेर पहल गर्ने भएको छ। युवा शक्तिको सभा विषयमा युवा शक्ति तीनधारे महानदी समष्टिको सचिव सञ्जीव मंगरले जानकारी दिएका छन्।