खरसाङ: खरसाङ खण्ड अन्तर्गत लङ्भ्यू चियाबारीमा हाल फेरि तनावको स्थिति सिर्जना भएको छ। आफ्ना विभिन्न मागहरूलाई लिएर एउटा श्रमिक संगठन हिल प्लान्टेशन इम्प्लोइज युनियन(एचपीइयु)ले यहाँ धर्ना शुरू गरे लगत्तै मालिकपक्षबाट नो वर्क, नो पे-को नोटिस टाँसेपछि स्थिति अझ तनावपूर्ण बनेको छ। आज पनि एचपीयु समर्थित श्रमिकहरूले चिया बगान कार्यालय अघि धर्ना दिँदै नाराहरू लगाए। यद्यपि यस धर्ना प्रदर्शनलाई विभिन्न राजनीतिक दलका श्रमिक संगठनहरूद्वारा गठित संयुक्त फोरमका प्रतिनिधिहरूले पनि सम्बोधन गरेका थिए। यता उनीहरूको आन्दोलनबारे अवगत गराउँदै एचपीइयुको पक्षबाट सुमेन्द्र तामाङले लङ्भ्यू चियाबारीका मालिक पक्षले उनीहरूद्वारा दिइएको माग पत्रको अमान्य गरेको अनि यसबारे छलफल गर्न आजसम्म कुनै बैठक नबोलाइएको जनाउँदै जबसम्म श्रमिकहरूको हितमा बुझाइएको माग पत्रलाई लिएर बैठक गरिँदैन तबसम्म यहाँबाट वर्षको पहिलो पत्ती टिप्न नदिने उनीहरूको अडान रहेको जनाए। उक्त धरणा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै हिल प्लान्टेशन इम्प्लोइज युनियन(एचपीइयु)को सचिव सुमेन्द्र राईले विस्तृत रुपमा जानकारी गराएका छन्।