तीनधारे क्षेत्रका तीनजना शिक्षकहरु नेशन बिल्डर अवार्डद्वारा सम्मानित

IMG-20250303-WA0234

खरसाङ: तीनधारे क्षेत्रका तीनजना शिक्षकहरुलाई रोटरी क्लब सिलगढीद्वारा नेशन बिल्डर अवार्डद्वारा सम्मानित गरेको छ। सिलगढीमा आयोजित रोटरी क्लब अफ् सिलगढीको एक कार्यक्रमबीच तीनधारे क्षेत्रका तीनजना शिक्षकहरुलाई नेशन बिल्डर अवार्डद्वारा सम्मानित गरिएको छ। तीनधारेका तीनजना शिक्षकहरुमा तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको सह शिक्षक दिवाकर शंकर, मिठाईडाँडा रेणुका कन्या उच्च माध्यमिक विद्यालयकी शिक्षिका डोमा लामा र तीनधारे चियाबारी प्राथमिक पाठशालाको शिक्षक महेन्द्र तामाङ आदिलाई उक्त सम्मान प्रदान गरिएको छ। उक्त सम्मानमा तीनैजना शिक्षक शिक्षिकाहरुलाई खदार्पणसहित शल ओढाएर सम्मान गर्दै सम्मान पत्र साथै उपहारहरु प्रदान गरेर नेशन बिल्डर अवार्डद्वारा सम्मानित गरिएको छ। उक्त सम्मान रोटरी क्लब सिलगढीको सभापति नितेस अग्रवाल लगायत अन्यहरुको बाहुलीबाट प्रदान गरिएको छ।

उक्त नेशन बिल्डर अवार्डद्वारा सम्मानित गर्न अघि तीनधारे क्षेत्रमा रोटरी क्लबद्वारा सर्वेक्षण गरेर स्कूल र स्कूल सञ्चालन समितिबाट भोटिङ गरिएको र तीनधारे क्षेत्रबाट तीनजनालाई नेशन बिल्डर अवार्डद्वारा सम्मानित गरिएको तीनधारेबाट सनबहादुर तामाङले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement