दार्जिलिङ: दार्जिलिङको साउथफिल्ड कलेज र आईआईडीएम, तमिलनाडुमाझ आपदा प्रबन्धनमा व्यावसायिक पाठ्यक्रम प्रमाणपत्र सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ जसमा आपदा प्रबन्धनमा जागरूकता विकास गर्ने र आपदा विषय तयारी बढाउने बारेमा जानकारी दिइनेछ। यो सम्झौता पत्रले आपदा जोखिम न्यूनीकरण र सामुदायिक लचिलोपनमा दीर्घकालीन संलग्नतामा प्रतिबद्धता ल्याउँछ जसले आपद प्रबन्धनलाई एकल प्रयासको सट्टा सामुहिक जिम्मेवारी बनाउँछ। यसै विषयमा आज साउथफिल्ड कलेजमा एउटा कार्यक्रमको आयोजना गरियो जसमा एसके वासुदेवन निर्देशक एकीकृत आपदा प्रबन्धन संस्थान तमिलनाडु, एल राजा प्रिन्सिपल, आईआईडीएम तमिलनाडु, डा. अनुराधा राई प्राचार्य साउथफिल्ड कलेज, विंग कमान्डर, प्रफुल राव सेभ द हिल्स, कालेबुङ, डा. शिखा सुब्बा, सिक्किम केन्द्रीय विश्वविद्यालय, प्रा. विशाल क्षेत्री आइक्यूएसी संयोजक तथा अध्यक्ष भूगोल विभाग साउथफिल्ड कलेज आदिको उपस्थिति रहेको थियो।

साउथफिल्ड कलेजले यसै सत्रदेखि आपदा प्रबन्धन विषयमा तालिमनाडुस्थित एकीकृत आपदा प्रबन्धन संस्था (आईआईडीएम)को सहयोगमा छ महिने प्रमाण पत्र तालिम शुरू गरिने भएको छ। जसको निम्ति विद्यार्थीवर्गले आगामी १० मार्चसम्ममा पञ्जीकरण गर्न सक्नेछन्।