भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय स्तरमा खरसाङमा पालन गरिने स्थापना दिवसलाई लिएर तयारी युध्द स्तरमा

IMG-20220907-WA0123.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय स्तरमा खरसाङमा आयोजना गरिने स्थापना दिवसको लागि युध्द स्तरमा तयारी चलिरहेको छ। आगामी ९ सेप्टेम्बरको दिन खरसाङको मन्टिभियट खेल मैदानमा आयोजना गरिने पार्टीको स्थापना दिवसलाई तयारीमा जुटेका छन् पार्टी कार्यकर्ताहरू। यसै तयारीलाई लिएर खरसाङको मन्टिभियट खेल मैदानमा निरीक्षण गर्न कार्य प्रगतिको जानकारी लिन भागोप्रमो केन्द्रीय सांगठनिक सचिव एवं कार्यकारी सभासद रतन थापा लगायत सभासदहरू प्रणाम रसाइली, श्याम शेर्पा, भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, उप सभापति प्रेम प्रधान, महकुमा प्रवक्ता अनुप रामुदामु, केन्द्रीय सदस्य महेन्द्र प्रधान, नारी शक्ति केन्द्रीय अध्यक्षा अनु प्रधान, युवा शक्तिको खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङ, लगायत अन्यहरू पदाधिकारीहरू मन्टिभियट खेल मैदानमा उपस्थित रहेका थिए। भागोप्रमोले खरसाङमा तीन दिनव्यापी स्थापना दिवस पालन गर्ने भएको छ।

पार्टीको स्थापना दिवसलाई भव्य रूपमा पालन गर्नलाई पार्टीका पदाधिकारीहरू लागि परेका छन्। पार्टीको स्थापना दिवसलाई लिएर चलिरहेको तयारी विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा समितिको सचिव प्रणाम रसाइली अनि कार्यकारी सभासद एंव स्थापना दिवस समारोहको संयोजक रतन थापाले विस्तृत रुपमा बताउँदै खरसाङमा केन्द्रीय स्तरमा पार्टीको स्थापना दिवस समारोह सम्पन्न हुने भएकोले केन्द्रीय स्तरका नेतृत्वहरू उपस्थित रहने र कार्यक्रममा प्रमुख अतिथि र मुख्य वक्ताको रुपमा कालेबुङका पूर्व विधायक एंव वर्तमान कालेबुङ जिल्ला स्कूल बोर्ड अध्यक्ष डा हर्कबहादुर छेत्री उपस्थित रहने भएको साथै केन्द्रीय अध्यक्ष अनित थापा, केन्द्रीय महासचिव अमर लामा लगायत शीर्षस्थ नेतृत्वहरू उपस्थित रहने भएको छ बताएका छन् । दुवैले बताए अनुसार तीन दिवसीय रूपमा पार्टीको स्थापना दिवस पालन गरिने अनि यस क्रममा ७ सेप्टेम्बरको दिन खरसाङ बजारमा लाइट लगाएर उज्यालो पार्ने, ८ सेप्टेम्बरको दिन खरसाङ बजारमा पार्टीको झण्डाहरू लगाउने कार्य गरिने तथा खरसाङ महकुमा अस्पताल र टिभी सेनिटोरियममा हर्लिक्सहरू वितरण गर्ने अनि साँझ खरसाङको बागिना सांगीतिक टोलीद्वारा कार्यक्रम प्रस्तुत गरिने भएको छ।

त्यसरी नै ९ सेप्टेम्बरको दिन पार्टीको स्थापना दिवसको अवसरमा झण्डा उत्तोलन गरिने अनि मन्टिभियट खेल मैदानमा भव्य स्थापना दिवस पालन गरिने भएको जसमा मुख्य अतिथि अनि मुख्य वक्ताको रुपमा कालेबुङका पूर्व विधायक एंव वर्तमान कालेबुङ जिल्ला स्कूल बोर्ड अध्यक्ष डा हर्कबहादुर छेत्री उपस्थित रहने भएको छ। स्थापना दिवसको अवसरमा पार्टीमा खट्ने पार्टी कार्यकर्ताहरूलाई सम्मान जनाइने भएको छ।

त्यसरी नै ९ सेप्टेम्बरको साँझ कार्निभल सांगीतिक टोलीले सांगीतिक प्रस्तुति दिने भएको पनि बताएका छन्। पार्टीको स्थापना दिवस दार्जिलिङ, कालेबुङ, मिरिकमा पनि पालन गरिने भएको तर खरसाङमा भने केन्द्रीय स्तरमा स्थापना दिवस भव्य रूपमा पालन गरिने भएको छ। खरसाङमा हुने भनिएको केन्द्रीय स्तरको स्थापना दिवसमा खरसाङ महकुमा अन्तर्गत पर्ने १३ वटा समष्टिहरूका पार्टी कार्यकर्ताहरू उपस्थित रहने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement