पाँचौँ बंगाल हिमालयन कार्निभल २०२५ को सोनादामा समापन

IMG-20250303-WA0222

सोनादा: पाँचौँ बंगाल हिमालयन कार्निभल २०२५ सोनादाको शेर्पा गुम्बामा समापन भएको छ। यसको उद्देश्य बंगाल हिमालयको विविधता र सांस्कृतिक सम्पदा मनाउनु हो।पश्चिम बंगाल सरकारको पर्यटन विभागसँगको सहकार्यमा हिमालयन आतिथ्य तथा पर्यटन विकास नेटवर्कले तीन दिने कार्निभल आयोजना गरेको थियो। कार्यक्रमको सह आयोजनामा सोनादा हिमालयन होमस्टे एसोसिएसन जोबंगलो सुखे खण्ड होम स्टे वेलफेयर एसोसिएसनले‌ गरेका थिए।
कार्निभल जलपाईगढीको टुरीबारी, त्यसपछि कालेबुङको रेशब र अन्त्यमा सोनादामा सम्पन्न भएको थियो। हिमालयन आतिथ्य तथा पर्यटन विकास नेटवर्कको सह सचिव तन्मय गोस्वामीले कानिभलको मुख्य उद्देश्य पर्यटन सम्भावना भएका साना साना गाउँहरूलाई प्रवर्द्धन गर्नु र सुन्दर पर्यटकीय स्थलहरू भएका यी साना गाउँहरूलाई आकर्षित गर्नु हो भनी बताएका छन्। उनले यसले यी क्षेत्रहरूको स्थानीय खाना र संस्कृतिलाई पनि प्रवर्द्धन गर्नु रहेको पनि बताएका छन्। कार्यक्रममा दार्जिलिङ महकुमा शासक रिचार्ड लेप्चाले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा सोनादा होम स्टे वेलफेयर एसोसिएसनको सभापति उर्मिला शेर्पा र सचिव निरुपमा मोक्तानले हामी सोनादा होमस्टे वेलफेयर एसोसिएसनको तर्फबाट हाम्रो सोनादा क्षेत्रलाई पनि पर्यटकीय मानचित्रमा हाल्नलाई पर्यटकीय क्षेत्रमा प्रमोट गर्नुलाई यो कार्यक्रम आयोजना गरिएको बताएका छन्‌। दुवैले भने, सोनादा क्षेत्रमा पनि धेरै राम्रो राम्रो पर्यटकीय स्थलहरू रहेको र यी पर्यटकीय स्थलहरूलाई प्रमोट गर्नु नै यो कार्यक्रमको‌ मुख्य उद्देश्य रहेको बताएका छन्। दुवैले यस कार्यक्रममा परम्परागत दोकानहरु, खानपान, नृत्यहरु समावेस गरिएको थियो अनि कार्यक्रमलाई सफल पार्नलाई सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। कार्यक्रममा अतिथिको रुपमा एडीएम एलआर राम तामाङ, दार्जिलिङ महकुमा शासक रिचार्ड लेप्चा, सुखे खण्ड विकास अधिकारी अरागिया गुवा, सोनादा ट्राफिक पुलिस ओसी सबीन दर्नाल लगायत अन्यहरु उपस्थित रहेका थिए।

यस कार्यक्रमलाई रसिक छेत्रीले सञ्चालन गरेका थिए। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै हिमालयन आतिथ्य तथा पर्यटन विकास नेटवर्कको सल्लाहकार एसएन प्रधानले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement