जैव विविधता संरक्षण विषयमा जनचेतना कार्यक्रम सम्पन्न

IMG-20250303-WA0216

सोनादा: कालेबुङ कलेजको वनस्पति विभागले पश्चिम बङ्गाल जैव विविधता बोर्डको प्रायोजनामा कलेजको प्रेक्षागृहमा पूर्वी हिमालय क्षेत्रमा जैव विविधताको संरक्षण र यसको महत्त्व विषयमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। कालेबुङ कलेजकी शिक्षक प्रभारी देवी छेत्रीको स्वागत भाषणबाट शुभारम्भ भएको उक्त कार्यक्रममा प्रमुख स्रोत व्यक्तिव प्रा. डा. भोजकुमार आचार्य प्राध्यापक, जूलोजी विभाग, सिक्किम विश्वविद्यालय),
प्रा. डा. साजिद अली -वनस्पति रोग विज्ञान विभाग, उत्तर बंग कृषि विश्वविद्यालय, हिल जोन, कालेबुङले जैव विविधता विषयमा वार्ता प्रस्तुत गरेका थिए। कार्यक्रममा विज्ञान, कला र वाणिज्य संकायका स्नातक तहका विद्यार्थीहरू लगायत कलेजका प्राध्यापक- प्राध्यापिकाहरुको उपस्थिति रहेको थियो। देवी छेत्री, शिक्षक-प्रभारी, अनुकम्पा सुब्बा अङ्ग्रेजी विभाग प्रमुख तथा आई क्यु ए सी संयोजक, डा. डीडी राई, भूगोल विभाग प्रमुख, डा. ए.के. घोराई, भौतिकशास्त्र विभाग प्रमुख, पुस्तकालयाध्यक्ष लगायत गैर शिक्षण कर्मचारीहरू पनि विशेष रुपमा उपस्थित रहेको उक्त कार्यक्रमको प्राविधिक सत्रहरूमा प्रा. डा. भोजकुमार आचार्यले हिमालयको जैव विविधता र वर्तमान संरक्षण र हिमालय क्षेत्रको जैव विविधताका विविध पक्षहरूबारे गहन जानकारी दिदै संरक्षण सम्बन्धि वर्तमान चुनौतीहरू र समाधानका उपायहरूबारे स्पष्ट रूपमा बताएका थिए। कार्यक्रममा प्रा. डा. साजिद अलीले दार्जिलिङ हिमालयमा सुन्तला मर्ने समस्या कारण र व्यवस्थापन विषयमा व्याख्यान दिँदै दार्जिलिङ हिमालय क्षेत्रमा सुन्तलाको खेतीमा देखिएका समस्याका विविध कारणहरू, वातावरणीय प्रभाव तथा रोगजन्य समस्याहरूको विस्तृत चर्चा गरेका थिए। उनले यसको व्यवस्थापनका लागि वैज्ञानिक उपायहरू प्रस्तुत गर्दै कृषिजन्य स्थायित्वका लागि उपयोगी जानकारी पनि दिएका थिए।
कार्यक्रमको अन्त्यमा डा. जयश्री प्रधान -वनस्पति विभाग प्रमुख तथा कार्यक्रम संयोजकले धन्यवाद ज्ञापनमा स्रोत व्यक्ति, आयोजक समिति, विद्यार्थीहरू तथा पश्चिम बंगाल जैव विविधता बोर्डलाई कार्यक्रम सफल बनाउनमा दिएको योगदानका लागि आभार व्यक्त गरेका थिए। कार्यक्रमका आयोजन समितिका संरक्षक देवी क्षेत्री, शिक्षक-प्रभारी, संयोजक डा. जयश्री प्रधान -वनस्पति विभाग प्रमुख, आयोजन सचिव डा. प्रणय बान्तवा, एसबी लामा, डा. सरन कुमार गुप्ता, डा. मस्ट ममताज बेगम, एस क्षेत्री, प्रतिमा बराइली, सौरभ दाहाल लगायत वनस्पति विज्ञान अनर्स सम सेमेस्टरका विद्यार्थीहरूको उल्लेखनीय योगदनले
जनचेतना कार्यक्रम अत्यन्त सफल रहेको थियो जसले विद्यार्थी तथा शिक्षकहरूलाई जैव विविधता र संरक्षणका विषयमा गहिरो छलफल गर्न प्रेरित गरेका थिए भने स्रोत व्यक्तिहरूको महत्वपूर्ण जानकारी, अन्तरक्रियात्मक सत्रहरू तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिताले यसलाई सबैका लागि ज्ञानमूलक र स्मरणीय कार्यक्रम रहेको साथै पूर्वी हिमालय क्षेत्रमा जैव विविधताको महत्व तथा यसको संरक्षणका उपायहरूलाई प्रवर्द्धन गर्न यस कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याएको सबैले अनुभव गरेका थिए। प्रतिमा बराईलीले सञ्चालन गरेको कार्यक्रममा स्रोत व्यक्तिहरुलाई कलेजको तर्फबाट भव्य सम्मान जनाएको थियो भनी आयोजक समितिका सचिव डा. प्रणय वान्तवाले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement