सेमिफाइनलको निम्ति अष्ट्रेलियाई टीममा अलराउण्डर कूपर कोनोली सामेल

IMG-20250303-WA0206

दुबई: युवा स्पिन बलिंग अलराउण्डर कूपर कोनोलीलाई च्याम्पियन्स ट्रफीको नक्आउट म्याचको निम्ति चोटग्रस्त म्याथ्यू शर्टको स्थानमा अष्ट्रेलियाई टीममा सामेल गरियो। शर्टलाई अफगानिस्तानविरुद्ध म्याचको अवधि खुट्टामा चोट लागेको थियो। गत वर्ष ईंग्ल्याण्डविरुद्ध वनडे क्रिकेटमा पदार्पण गर्ने २१ वर्षीय कोनोलीलाई यसअघि टुर्नामेण्टको निम्ति यात्रा रिजर्भमा राखिएको थियो। आईसीसी टुर्नामेण्टको तक्निकी समितिले यस बद्लाउको निम्ति मञ्जुरी दिइसकेको छ। कोनोलीले अहिलेसम्म अष्ट्रेलियाको निम्ति ६ वटा इण्टरनेशनल म्याच खेलेका छन्, जसमा ३ वटा वनडे सामेल छ। अष्ट्रेलियाले च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा मंगलवार भारतको चुनौती स्वीकार्नेछ।
सेमिफाइनलको निम्ति अष्ट्रेलियाई टीम यसप्रकार छः
स्टीव स्मिथ (कप्तान), सीन एबट, एकेल्स केरी, कूपर कोनोली, बेन ड्वार्शिस, नाथन एलिस, ज्याक फ्रेसर-म्याकगर्क, आरोन हार्डी, ट्रेविस हेड, जोश ईंग्लिश, स्पेन्सर जनसन, मार्नस लाबुशेन, ग्लेन म्याक्सवेल, तनवीर संघा, एडम जाम्पा

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement