यूएस ओपनः गार्सिया र रुड सेमिफाइनलमा

photocollage_202297123332144.jpg

७ सेप्टेम्बरः क्यारोलिना गार्सिया र केस्पर रुडले शुरुदेखि अन्तसम्म उत्कृष्ट प्रदर्शन गर्दै सीधा सेटमा जीतको साथ यूएस ओपन टेनिस टुर्नामेण्टमा क्रमशः महिला र पुरुष एकल वर्गको सेमिफाइनलमा स्थान बनाए। फ्रान्सकी खेलाड़ी गार्सियाले आर्थर ऐस स्टेडियममा अमेरिकाकी युवा खेलाड़ी कोको गफलाई ६-३, ६-४-ले पराजित गरिन्। यसरी गार्सिया पहिलोपल्ट कुनै ग्राण्ड स्ल्याम टुर्नामेण्टको अन्तिम चारमा पुगिन्। उनले यस साल अहिलेसम्म फ्लशिंग मिडोजमा एक सेट पनि गुमाएकी छैनन्। गार्सिया २०१८-मा विश्व ऱ्याङकिंगमा चौथो स्थानमा पुगेकी थिइन् तर असल प्रदर्शनको क्रम जारी राख्न नसक्दा उनी गत सत्रमा झरेर ७४औं स्थानमा पुगेकी थिइन्। अब आउँदो हप्ता जारी हुने ऱ्याङकिंगमा उनी शीर्ष दशमा पुग्ने सम्भावना रहेको छ। गार्सियाले अब सेमिफाइनलमा ट्यूनिशियाकी खेलाड़ी ओन्स जाबुरको चुनौती स्वीकार्नेछिन्। विम्बल्डनमा उपविजेता रहने जाबूरले अन्य एउटा क्वार्टर फाइनलमा सेरेना विलियम्सलाई पराजित गर्ने खेलाड़ी अजला टमलजानोविचलाई ६-४, ७-६ (४)-ले पराजित गरिन्। यसरी जाबूर पहिलोपल्ट यूएस ओपनको सेमिफाइनलमा पुगिन्। यसबीच पुरुष एकलको क्वार्टर फाइनलमा नर्वेका पाँचौं वरीयता प्राप्त खेलाड़ी रुडले १३औं वरीयता प्राप्त इटलीका माटेओ बेरेटिनीलाई सीधा सेटमा ६-१, ६-४, ७-६ (४)-ले पराजित गरे। सेमिफाइनलमा उनको भिड़न्त २३औं वरीयता प्राप्त निक किर्गियोस र २७औं वरीयता प्राप्त करेन खाचानोवबीच खेलिने म्याचको विजेतासँग हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement