घाँस काट्न गएका युवकले भाउजूको हत्या पछि आत्महत्या गरे

IMG-20250303-WA0160

खोटाङ: खोटाङको बराहपोखरी गाउँपालिका १ डाँडाखर्कमा भाउजूको हत्या गरेर युवकले आत्महत्या गरेको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ।
घटनाको प्रारम्भिक अनुसन्धानमा महिलाको हत्या भएको र युवकले आत्महत्या गरेको देखिए पनि पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले बताए।
डीएसपी विष्टसहितको टोली घटनास्थल पुगेर अनुसन्धान गरी सदरमुकाम फर्किएको छ। बराहपोखरीको डाँडाखर्कका २३ वर्षीया सरिता विष्ट र २० वर्षका शिखर बस्नेत बुधबार बिहान घर नजिकैको दारेगौँडा जंगलमा मृत फेला परेका थिए।
सरिताको घाँटी लगायत विभिन्न ठाउँमा चोट थियो। सरिताको शव फेला परेको स्थाननजिकै शिखर झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। शिखर र सरिता देवर–भाउजू नाता पर्ने वडाध्यक्ष ढकबहादुर कार्कीले जानकारी दिए। उनीहरू सँगै घाँस काट्न गएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement