उर्लाबारी: मोरङको उर्लाबारी नगरपालिका वडा नं ४ आइतबारे चोकस्थित न्यु पाथिभरा ज्वेलर्समा चोरी भएको छ।
पसलका सञ्चालक रमेश गजमेर बराइलीका अनुसार सोमबार राति पसलको पछाडिको पर्खाल फोरेर चोरहरूले लाखौँको धनमाल चोरी गरेका हुन्।

करिब २० तोला सुन, ६० केजी हाराहारीमा चाँदी र नगद करिब १५ हजार रुपैयाँ चोरी भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। पसलका सञ्चालक बराइलीका अनुसार चोरहरूले प्रमाण नष्ट गर्न सीसीटीभीको डिभाइस समेत लिएर गएका छन्।