दार्जीलिङ: बदमताम खेलकुद संघको तत्त्वावधानमा आयोजित ओपन नकआउट फूटबल टुर्नामेण्टमा जीटी बोयजले क्वार्टर फाइनलमा स्थान बनायो। दार्जीलिङ नजिक बदमताम (लेबोंग) को स्थानीय खेल मैदानमा आइतवार भएको म्याचमा जीटी बोयजले सीएससी फूबशिरिंगविरुद्ध ६-२-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट एडोन तामाङले ह्याट्रिक गरे। यसबाहेक योग्य तामाङ र नोएल थापाले १-१ गरे। अन्य एउटा गोल आत्मघाती (शामयाल मुखिया) रह्यो। यसरी सीएससी-बाट सौरभ मुखिया र प्रीतम सुब्बाले गोल गरे। यस सेवेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। फाइनल म्याच ६ अप्रेलमा खेलिनेछ।