सेमिफाइनलमा सबै कुरा सही चाहन्छन् भारतीय कप्तान रोहित शर्मा

IMG-20250303-WA0141

दुबई: च्याम्पियन्स ट्रफीको सेमिफाइनल समीकरण तयार भइसकेको छ। ग्रुप ए-को विजेता भारतले ग्रुप बी-को उपविजेता अष्ट्रेलियासँग मंगलवार पहिलो सेमिफाइनल खेल्नेछ। यसरी दोस्रो सेमिफाइनलमा ग्रुप ए-को उपविजेता न्यूजील्याण्डको भिड़न्त ग्रुप बी-को विजेता दक्षिण अफ्रिकासँग बुधवार हुनेछ। भारतले सोमवार खेलिएको ग्रुप चरणको अन्तिम म्याचमा न्यूजील्याण्डलाई पराजित गरेपछि भारतीय कप्तान रोहित शर्माले सेमिफाइनल म्याचबारे आफ्नो विचार व्यक्त गरे। रोहितले आीसीसी टुर्नामेण्टहरूमा अष्ट्रेलियाको असल प्रदर्शनलाई उल्लेख गर्दै भारतले सेमिफाइनलमा सबै कुरा सही गर्नु पर्ने बताए। भारतको ग्रुपको अन्तिम म्याचमा न्यूजील्याण्डलाई ४४ रनले पराजित गऱ्यो। अष्ट्रेलियाले भारतलाई वर्ल्ड टेस्ट च्याम्पियनशीप फाइनलपछि आईसीसी वनडे वर्ल्ड कपको फाइनलमा पनि पराजित गरेको थियो। न्यूजील्याण्डविरुद्ध रोचक जीत हासिल गरेपछि भारतीय कप्तान रोहितले भने, आईसीसी टुर्नामेण्टहरूमा असल प्रदर्शन गर्ने अष्ट्रेलियाको रेकर्ड रहेको छ। त्यस दिन (सेमिफाइनलमा) हामीले आफ्नो नियन्त्रणमा रहने कुराहरू सही गर्नु पर्नेछ। म्याच जित्न के गर्नु पर्नेछ भन्ने कुरामा हामीले पूरा ध्यान दिनु पर्नेछ। यस प्रकारका कम्ती म्याच रहने टुर्नामेण्टहरूमा फर्मलाई कायम राख्नु महत्त्वपूर्ण हुन्छ। हामीले यस अभियानको समापन यादगार जीतको साथ गर्नु पर्नेछ।
रोहितले भारतको जीतको श्रेय वरुण चक्रवर्तीको ५ विकेटको साथमा श्रेयस अय्यर र अक्षर पटेल (४२)-बीच चौथो विकेटको निम्ति ९८ रनको पार्टनरशीपलाई पनि दिए। उनले भने, पहिलो पावरप्ले-मा लगातार विकेट गुमाएपछि श्रेयस र अक्षरबीच भएको पार्टनरशीप महत्त्वपूर्ण रह्यो। उनीहरूले टीमलाई असल स्कोरसम्म पुग्नमा सहायता गरे। हामीसँग यस स्कोरलाई बचाउने आत्मविश्वास थियो। वरुणसँग अलग प्रतिभा छ अनि यी परिस्थितिहरूमा उनले के गर्न सक्नेछन् भन्ने हामी हेर्न चाहन्थ्यौं। हामीले अब अघिल्लो म्याचको निम्ति टीम चयन गर्ने सोच्नु पर्नेछ, जुन सजिलो काम हुनेछैन। यसरी प्लेयर अव् द म्याच रहने वरुणले भने, मलाई शुरुवाती ओभरहरूमा अत्तालिएको अनुभव भइरहेको थियो कारण मैले भारतको निम्ति अधिक वनडे म्याच खेलेको छुइनँ। यसैकारण मन आत्तिएको थियो। म्याचमा समयको साथ मैले असल अनुभव गर्न शुरु गरे। म्याचको अवधि विराट, रोहित, श्रेयस, हार्दिक सबैले मसँग कुराकानी गरिरहेका थिए। यस पीचमा बल धेर घुमिरहेको थिएन तर सही जग्गामा बलिंग गर्दा मलाई फाइदा प्राप्त भयो। कुलदीप, अक्षर र जडेजाले झैं मैले पनि सही जग्गामा बलिंग गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement