पाकिस्तानमा रित्तो स्टेडियमले आईसीसी चिन्तित

IMG-20250303-WA0123

कराची: च्याम्पियन्स ट्रफीमा आफ्नो टोली ग्रुप चरणमै बाहिर भएपछि अनि रमजानको शुरुवातपछि पाकिस्तानका क्रिकेट प्रशंसकहरूबीच आईसीसी टुर्नामेण्टलाई लिएर उत्साहमा ह्रास आएको छ । शनिवार ईंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच म्याच हेर्न कराचीको नेशनल स्टेडियममा एक हजार भन्दा कम्ती दर्शकहरूका उपस्थिति थियो अनि यस आँकड़ाले आयोजक इण्टरनेशनल क्रिकेट परिषद (आईसीसी)-को चिन्ता बढ़ाएको छ । दर्शकहरू कम्ती रहँदा आयोजन स्थलमा तैनाथ सुरक्षाकर्मीहरूले चाहिँ सामान्य आराम गर्ने मौका पाएका छन् । पाकिस्तान ग्रुप चरणमै बाहिर भएपछि स्थानीय दर्शकहरूमा टुर्नामेण्टलाई लिएर रुची हराएको छ। स्टेडियममा तैनाथ एसएसपी इमरान जमीलले भने, गत २ हप्ता हाम्रो निम्ति कठिन र तनाउपूर्ण रह्यो। यसैकारण अहिले हामी धेरै राहत अनुभव गरिरहेका छौं। गत १९ फरवरीमा शुरु भएको च्याम्पियन्स ट्रफीको म्याचहरूका निम्ति कराचीमा कम्तीमा ७००० पुलिसकर्मी, अर्धसैनिक रेञ्जर्स र केही सैन्य एकाई पनि ड्यूटीमा तैनाथ गरिएको थियो। शनिवार स्टेडियममा उपस्थित एकजना दर्शकले भने, हाम्रो निम्ति च्याम्पियन्स समाप्त भइसकेको छ । यो टिकट पहिला नै खरीद गरेको हुनाले मात्र आज म यहाँ आएको हूँ। हामीसँग स्टेडियममा गएर म्याच हेर्ने अहिले कुनै कारण छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement