चितुवाकाे आक्रमण

IMG-20240717-WA0003

नाम्ची: वन विभागका अधिकारीहरूका अनुसार आइतवार गाईवस्तुका लागि घाँस जम्मा गर्ने क्रममा एक महिलालाई चितुवाकाे आक्रमणले घाइते भएकी छिन्।
मेल्लीदाडाको जङ्गल क्षेत्रमा चितुवाले एक्कासी महिलामाथि हामला गरयाे। सहयोगका लागि महिलाको चिच्याहट सुनेर वरपरका बासिन्दा घटनास्थलमा पुगेपछि चितुवा भागेकाे स्थानीयहरुले बताए।
उद्धारकर्मीहरूले पीडितलाई उपचारको लागि गान्तोकको एसटीएनएम अस्पताल लगे। घटनापछि उनको हालको अवस्था खुलाइएको छैन। वन अधिकारीहरूले स्थानीय बासिन्दाहरूलाई सतर्क बस्ने चेतावनी दिएका छन् र वन्यजन्तु गतिविधिका लागि परिचित वन क्षेत्रको भ्रमण गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement