गान्ताेक: अखिल सिक्किम क्रिश्चियन संगठन (एएससीओ) ले नाम्ची मुख्यालयमा आज एक साधारण बैठक आयोजना गर्यो।
जसमा केन्द्रीय कार्यसमिति (सीईसी) को कार्यकाल पूरा भएपछि विघटनसँगै महत्वपूर्ण परिवर्तन भएको छ।
संगठनको संविधान बमोजिम नयाँ सीईसी गठनकाे साथ, आगामी कार्यकालमा एएससीओका पहलहरूलाई मार्गदर्शन गर्न नयाँ नेतृत्व टोलीको शुरुवात भयो।
नवनियुक्त सीईसी सदस्यहरुमा प्रमुख संरक्षकमा नामची सिंगिथांग-११ का विधायक सतीशचन्द्र राई रहेका छन् भनेे प्रतापसिंह राई र साइमन कुलुंग संरक्षक रहेका छन् ।
एल लानम सेरेंगलाई प्रमुख सल्लाहकारमा नियुक्त गरिएको छ भने रेव. जेम्स बैसेट, पीएस. मीका थुलुंग र रेव. डी. बी. प्रधान लगायत अनुभवी सल्लाहकारहरूको टोलीले रणनीतिक मार्गदर्शन प्रदान गर्नेछ।
कार्यकारी नेतृत्वमा अब किशोर डुंगमाली अध्यक्ष भनेे निर्मल सुब्बा उपाध्यक्ष १ र जीवन खरेल उपाध्यक्ष २ नियुक्त भएका छन्।
पा. एम. बी. छेत्री कार्यवाहक अध्यक्षमा नियुक्त भएका छन् भने एल. आनंद पी. सुब्बा र पीएस. एंड्रयू छेत्रीले महासचिवको जिम्मेवारी सम्हाल्ने छन्।
अन्य प्रमुख अधिकारीहरूमा एल. विष्णु राई र श्री नरेश राई सहसचिव, एल. लेंडुप लेप्चा. कोषाध्यक्ष र श्रीमती दिल कुमारी छेत्री सहकोषाध्यक्षमा रहने छन्।
एक महत्वपूर्ण संरचनात्मक अपडेटमा, यो निर्णय गरियो कि विद्यमान जिल्ला समितिहरू यसै महिनाको अन्त्यमा विघटन गरिनेछ र प्रत्येक जिल्लामा नयाँ निकायहरू गठन गरिनेछ।
यस कदमको उद्देश्य सञ्चालनलाई सुव्यवस्थित बनाउन र सिक्किममा एएससीओ को पहुँच विस्तार गर्ने हो।
नवनियुक्त सीईसीको लागि समर्पण प्रार्थना रेव. डी. बी. प्रधानकाे नेतृत्वमा गरिएको थियो। मुख्य संरक्षक, मुख्य सल्लाहकार र अध्यक्षले भेलालाई सम्बोधन गर्दै ईसाई समुदायको कल्याण र सिक्किमको व्यापक विकासको लागि एकता, समर्पण र सहयोगी प्रयासको महत्त्वमा जोड दिए।