न्यूजील्याण्डलाई ४४ रनले पराजित गरी ग्रुपको शीर्षमा रहेर सेमिफाइनलमा पुग्यो टीम इण्डिया

IMG-20250302-WA0320

दुबई: भारतले आईसीसी च्याम्पियन्स ट्रफीको ग्रुप चरणमा आफ्नो अन्तिम म्याचमा न्यूजील्याण्डलाई ४४ रनले पराजित गरी आत्मविश्वासको साथ सेमिफाइनलमा पुग्यो। आइतवार खेलिएको ग्रुप ए-को यस म्याचमा जीत हासिल गर्नको साथै भारत ३ वटा म्याचमा ६ पोइण्ट्सको साथ शीर्ष स्थानमा रह्यो। यसरी न्यूजील्याण्ड ४ पोइण्ट्सको साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुग्यो। भारतले अब मंगलवार खेलिने पहिलो सेमिफाइनलमा अष्ट्रेलियाको सामना गर्नेछ। यसरी दोस्रो सेमिफाइनल बुधवार न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच खेलिनेछ। फाइनल ९ मार्चमा हुनेछ। दुबई इण्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै भारतले खराब शुरुवातपछि ५० ओभरमा ९ विकेट गुमाएर २४९ रन बनायो। कप्तान रोहित शर्मा (१५)-को साथमा शुभमन गिल (०२) र विराट कोहली (११) ३० रनभित्रै आउट भएपछि श्रेयस अय्यरले ७९ रन बनाएर टीमलाई सम्हाले। श्रेयसले ९८ बल खेलेर ४ वटा चौका र २ वटा छक्का लगाए। यसबाहेक हार्दिक पाण्ड्याले ४५ र अक्षर पटेलले ४२ रन बनाए। न्यूजील्याण्डका बलरहरूमा म्याट हेनरीले ५ विकेट लिए। त्यसपछि २५० रनको लक्ष्यलाई अघि राखेर खेल्दै न्यूजील्याण्ड ४५.३ ओभरमा २०५ रन बनाएर अलआउट भयो। अनुभवी केन विलियम्सले एक्लो योद्धा झैं लड़ाइँ गरेर ८१ रन बनाए। उनले १२० बल खेलेर ७ वटा चौका लगाए। विलियम्सनलाई छोड़ेर अन्य कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। भारतीय स्पिनरहरूले न्यूजील्याण्डका ब्याटरहरूलाई समस्यामा पारे। कप्तान मिचेल सेण्टनरले २८ र विल यंगले २२ रनको योगदान दिए। भारतीय बलरहरूमा स्पिनर वरुण चक्रवर्तीले ५ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement