केरललाई पराजित गरी विदर्भ तेस्रोपल्ट बन्यो रणजी ट्रफी च्याम्पियन

IMG-20250302-WA0296(1)

नागपुर: विदर्भले रनको वर्षा गर्दै केरललाई पहिलो ईनिंग्समा प्राप्त भएको बढ़तको आधारमा पराजित गरी रणजी ट्रफीको खिताब जित्यो। केरल र विदर्भबीच खेलिएको रणजी ट्रफी म्याचको फाइनल आइतवार ड्र-मा समाप्त भयो। नियम अनुसार पहिलो ईनिंग्समा हासिल गरेको बढ़तको आधारमा विदर्भ यस घरेलु टुर्नामेण्टमा च्याम्पियन बन्यो। टुर्नामेण्टमा यो विदर्भको तेस्रो खिताब हो। यसअघि टीमले २०१७-१८ अनि २०१८-१९-मा पनि खिताब जितेको थियो। च्याम्पियन टीमका दानिश मालेवारले प्लेयर अव् द म्याच-को पुरस्कार जिते, जसले फाइनलको दुईवटा ईनिंग्समा १५३ र ७३ रन बनाए। यसरी ४७६ रन बनाउनको साथै ६९ विकेट लिने हर्ष दुबेले प्लेयर अव् द सीरीजको पुरस्कार जिते। विदर्भ क्रिकेट एसोसिएशन स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै विदर्भले आफ्नो पहिलो ईनिंग्समा ३७९ रन बनाएको थियो। त्यसपछि केरलले आफ्नो पहिलो ईनिंग्समा ३४२ रन बनाएको थियो। यसरी केरललाई पहिलो ईनिंग्सको आधारमा ३७ रनको बढ़त हासिल भएको थियो। अन्तमा त्यही बढ़त विदर्भको निम्ति निर्णायक बन्यो। विदर्भको दोस्रो ईनिंग्समा करुण नायरले १३५ रन बनाए। उनले २९५ रन खेलेर १० वटा चौका र २ वटा छक्का लगाए। म्याचको पाँचौं तथा अन्तिम दिन विदर्भका ब्याटरहरूले अन्तसम्म लड़ाइँ गरेर केरलको चुनौतीलाई समाप्त गरे। आइतवार विदर्भको स्कोर ९ विकेटमा ३७५ रन हुँदा दुवै टीमका कप्तान म्याच ड्र गर्न सहमत भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement