दार्जीलिङ: दार्जिलिङ तराई डुवर्स चियाबारी सुरक्षा समितिकोआयिजनामा दार्जिलिङको चौरास्तामा आयोजित २४ घण्टे रिले अनसनलाई समर्थन गर्न दार्जिलिङको सांसद राजु विष्ट आज आईपुगेका थिए। सांसद राजु विष्टले चियाबारीको भूमि आवण्टनलाई केन्द्र गरी तृणमूल कांग्रेस सरकारद्वारा जारी अधिसूचनाको खरो शब्दमा आलोचना गरेका छन्। एक हजार ऐकर जमीन अधिग्रहण गर्ने नन्दी ग्राम अनि सिङ्गुरको पछिल्लो घटनालाई आधार बनाएर उनले ममता ब्यानर्जीलाई त्यसताकका सत्याचुत माकपा सरकारको सम्झना गराएका छन्। माटो बचाउने यो अभियानलाई सडक, संसद अनि न्यायालय गरेर चौपक्षबाट विरोध हुनपर्ने उनलाई आग्रह गरेका छन्। दार्जिलिङको चौरास्तामा चिया सुरक्षा समितिको नेतृत्वमा आयोजना गरिएको २४ घण्टे साङ्केतिक विरोध अनशनलाई एक्यवद्धता साथै सहभागिता जनाउन आज चौरस्ता आइपुगेका सांसद राजु विष्टले एकातिर चियावारी क्षेत्रमा कतै पनि ३० प्रतिशत रिक्त भूमि रहेको दावी गरे भने तृकं सरकारको उक्त नीतिले वर्तमान सकिने अवस्थामा पुगेको पहाड अनि तराई डुवर्सको भविष्य खतरामा पर्ने ठोकुवा गरे।