नायक पल शाहलाई तोकियो अढाई वर्ष जेलसहित १० लाख क्षतिपूर्ति

00-Paul-Shah-A001

काठमाडौं: नवलपुर जिल्ला अदालतले चर्चित नायक पल शाहलाई अढाई वर्ष जेल सजाय तोकेको छ। मङ्गलबार न्यायाधीश यज्ञप्रसाद आचार्यको अदालतले बाल यौन दुरुपयोगको कसुरमा नायक शाहलाई दुई वर्ष ६ महिनाको जेल सजाय तोकेको हो। साथै अदालतले २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय पनि सुनाएको छ। एक नाबालिग गायिकाले शाहविरुद्ध जबरजस्ती करणी गरेको उजुरी दिएकी थिइन्। तर, जबरजस्ती करणी पुष्टि हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाई दिइएको छ। ती गायिकाले नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुईवटा जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा खेपिरहेका छन्। उनी हाल पुर्पक्षका लागि थुनामा रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement