दार्जिलिङ: तृणमूल कांग्रेस छात्र परिषद् दार्जीलिङ जिल्लाका अध्यक्ष अनुराग छेत्रीको नेतृत्वमा परिषद्का सदस्यहरूले आज दार्जीलिङ चौक बजार परिसरमा व्यापक पोस्टरिङ गरेका छन्। हिजो जादवपुर विश्वविद्यालयमा तृणमूल कांग्रेसका नेता तथा शिक्षा मन्त्री ब्रात्य बसुमाथि भएको आक्रमणको विरोधमा छात्र परिषद्का सदस्यहरूले दार्जिलिङको चोक बजार परिसरमा व्यापक पोस्टरिङ गरेको परिषद्का अध्यक्ष अनुराग छेत्रीले मिडियामार्फत् बताउँदै यसको घोर विरोध जनाएका छन्। यसको साथै आक्रमणकारीहरुलाई चाँडोभन्दा चाँडो पक्राउ गरेर उचित कार्यवाही गरिनु पर्ने माग राखेका छन्।