भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा सम्पन्न

IMG-20250302-WA0271

तीनधारे: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक सभा घैयाबारीस्थित पार्टी कार्यालयमा‌ सम्पन्न भएको छ। उक्त सभा भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाको अध्यक्षतामा र समष्टिकाे प्रवक्ता बिपन विश्वकर्मको सञ्चालनमा सम्पन्न भएको छ। सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको प्रत्येक बुथको रिपोर्ट बुथका प्रतिनिधिहरुले समष्टि कमिटी समक्ष राखेका थिए। यस क्रममा बुथहरुमा शाखा र प्रशाखा कमिटीहरु गठन गरिएको वा नगरिएको विषयमा आफ्नो आफ्नो बुथको रिपोर्ट प्रतिनिधिहरुले बुझाएका छन्। यस अवसरमा मालुटारबाट नरेश राईले,सिमरिङबाट पञ्चायत समिति सदस्या अनिरा तामाङ, सिविटार ७ नम्बर डिभिजनबाट उप प्रधान सोनिका तामाङ, घुम्तीबाट श्यामकुमार खवास, नयाँ कमानबाट पञ्चायत सदस्य अनिल तामाङ, सिलिम हिलबाट पञ्चायत सदस्या मिट्ठु लामा राई, घैयाबारीबाट नरेन राई र पञ्चायत समिति सदस्या दावा वाङ्दी लामा, जंगपानाबाट बिनोद गुरुङ, महानदीबाट पञ्चायत प्रधान पासाङ शेर्पा आदिले आफ्नो आफ्नो बुथको रिपोर्ट प्रस्तुत गरेका थिए। यसै सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सांगठनिक गतिविधिलाई अझ दह्रिलो बनाउन पूर्ण तामाङलाई समष्टिकाे उप सभापतिको रुपमा, बिनोद गुरुङलाई समष्टिकाे सह सचिवमा रुपमा नियुक्त गरिएको छ। त्यसरी नै तीनधारे क्षेत्रको चारवटा बुथहरुलाई लिएर खण्ड समिति गठन गर्नलाई सभापतिको रुपमा साजन दर्जी र सचिवको रुपमा अनिल राईलाई नियुक्त गरिएको छ। दुवैको अगुवाईमा तीनधारे क्षेत्रको चारवटा बुथहरुलाई लिएर १५ दिनभित्रमा तीनधारे खण्ड स्तरीय समिति गठन गर्नलाई जिम्मेवारी दिइएको छ। यसरी नै युवा शक्ति तीनधारे महानदी समष्टिमा उप सभापतिको रुपमा सुभम प्रधानलाई नियुक्त गरिएको छ भने समष्टिकाे सांगठनिक सचिवको रुपमा बिक्की पाख्रिनलाई नियुक्त गरिएको छ। सभामा नवनियुक्त पदाधिकारीहरुलाई खदार्पणसहित नियुक्ति पत्र प्रदान गरिएको छ।‌ यस सांगठनिक सभालाई तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले सम्बोधन गर्दै पार्टीको सांगठनिक स्तरमा समष्टि कमिटीले‌ निरन्तर रुपमा कार्य गरिरहेको र आफुहरु यस क्षेत्रका शैक्षिक र स्वास्थ्य क्षेत्रमा कार्य गरिरहेको बताउँदे यस क्षेत्रमा आएको विकासका कार्यहरू विषयमा समाजलाई जानकारी गराउन आवश्यक रहेको बताएका छन्।‌ सभासद नवराज छेत्रीले तीनधारे महानदी समष्टिलाई‌‌ पार्टी अध्यक्ष अनित थापाले धेरै माया गर्ने गरेको बताउँदै विकासका कार्यहरू पनि भईरहेको बताएका छन्। सभालाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, तीनधारे महानदी समष्टिको संयोजक राजेस थापा, युवा शक्ति खरसाङ महकुमा समितिको सांगठनिक सचिव अनिल राई आदिले पनि सम्बोधन गरेका थिए।

सभापछि पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले‌ भागोप्रमो तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान गत १८ जनवरीदेखि शुरु भएर २२ वटा बुथहरुमा १८ वटामा समाप्त भएको र बाँकी रहेको चारवटा बुथहरुलाई लिएर आजको सभामा सभापति र सचिवको चयन गरिएको अनि खण्ड स्तरीय कमिटी गठन गरिएपछि सांगठनिक सभा आयोजना गरिने जानकारी गराएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement