गोरुबथान(निस): द दर्पण फिल्मस् एण्ड इन्टरटेन्मेन्टद्वारा निर्मित नेपाली कथानक चलचित्र हाउस नम्बर ३७को प्रिमियर शो माल बजार साधना हलमा समपन्न भएको थियो।यस कार्यक्रममा चलचित्रका सम्पुर्ण कलाकार, निर्देशक, निर्माताहरुको साथमा गोरुबथान,डुवर्स तथा तराईका दिग्गज कलाकार, साहित्यकार, संगीतकार आदिको उपस्थिति रहेको थियो।यस कार्यक्रममा आयोजक कमिटिले विभिन्न विधाका व्यक्तिहरुलाई खदा लगाएर सम्मान जनाए।

यो एक्सन,थ्रिलर चलचित्र चाडै हलमा आउने पनि बताए।यसै क्रममा नयाँ चलचित्रको शुभ मूहुर्त पनि गरियो।यस नयाँ चलचित्र पनि यसै भेकमा सुटिङ हुने र यसमा पनि स्थानीय कलाकारहरुलाई मौका दिइने पनि बताए।