ईंग्ल्याण्डको प्रदर्शनले निराश जोश बटलर

IMG-20250302-WA0112

कराची: आईसीसी च्याम्पियन्स ट्रफी २०२५-मा ईंग्ल्याण्डको क्रिकेट टीमले लीग चरणको तीनैवटा म्याचमा हारको सामना गर्नु पऱ्यो। टीमले आफ्नो अन्तिम म्याचमा पनि दक्षिण अफ्रिकाविरुद्ध ७ विकेटले हारको सामना गर्नु पऱ्यो। यसरी ईंग्ल्याण्डले जीतको स्वाद नचाखी च्याम्पियन ट्रफीमा अभियान समाप्त गऱ्यो। यो बटलरको वनडे प्रारूपमा कप्तानीको पनि निराशाजनक अन्त रह्यो कारण शनिवार पहिला ब्याटिंग गर्दै ईंग्ल्याण्ड ३८.२ ओभरमा केवल १७९ रनमा अलआउट भयो। यो च्याम्पियन्स ट्रफीको जारी संस्करणमा कुनै पनि टीमको सर्वनिम्न स्कोर हो। त्यसपछि दक्षिण अफ्रिकाले २९.१ ओभरमै ३ विकेटमा १८१ रन बनाएर म्याच जित्यो। म्याचपछि बटलरले भने, यो वास्तवमा निराशाजनक प्रदर्शन रह्यो। आज हामी लक्ष्यदेखि धेरै पछि रह्यौं जबकि पीच असल थियो। ब्याटको साथ हामीले महत्त्वपूर्ण योगदान दिन सकेनौ, जुन गत केही समयदेखि यस टीमको कहानी रहेको छ। ब्याटरहरूका खराब फर्मबारे प्रश्न गरिँदा बटलरले भने, ईमानदारीपूर्वक भन्नु पर्दा मलाई थाहा छैन। एउटा पूरा समूहको रूपमा हामीले परिणाम हासिल गर्न सकेनौं। यसले हाम्रो आत्मविश्वासलाई झट्का लागेको छ। सबैको निम्ति खेलको स्तरलाई बढ़ाउने, परिदृश्य बद्लिने अनि कठोर मेहनत गर्ने समय आएको छ। बटलरले शनिवार खेलिएको म्याच सेतो बलको टीमको कप्तानको रूपमा उनको अन्तिम म्याच हुने अगावै घोषणा गरेका थिए। यसरी दक्षिण अफ्रिकाका कार्यवाहक कप्तान एडेन मार्करमले परिस्थितिहरूसँग द्रुत तालमेल मिलाउने आफ्ना बलरहरूका प्रशंसा गरेका छन्। म्याचपछि मार्करमले भने, यी पीच शुरुवातमा धीमा थियो तर खेलाड़ीहरूले परिस्थितिहरूसँग द्रुत तालमेल मिलाए। उनीहरूले आफ्नो लेन्थलाई कायम राख्दै असल बलिंग गरे। ईंग्ल्याण्डको शीर्ष क्रममा ३ विकेट लिने मार्को यानसेनबारे मार्करमले भने, उनी हाम्रो निम्ति महत्त्वपूर्ण रहे। उनले शुरुवातमा विकेट लिन्छन् अनि यस्तो गर्न उनले अलग-अलग तरिका खोज्छन्। उनले केजी (कागिसो रबाडा)-सँग असल जोड़ी बनाउँँछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement