स्पेनिश ला लीगाःरियल म्याड्रिडको निराशाजनक हार, एट्लेटिको शीर्ष स्थानमा

IMG-20250302-WA0110

म्याड्रिड: स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा गत सीजनको च्याम्पियन रियल म्याड्रिडले निराशाजनक हारको सामना गर्नु पऱ्यो। यसरी एट्लेटिको म्याड्रिडले चाहिँ रोमाञ्चक जीतको साथ शीर्ष स्थान हासिल गऱ्यो। शनिवार राति खेलिएको म्याचमा रियल म्याड्रिडले रियल बेटिसविरुद्ध १-२-ले हारको सामना गर्नु पऱ्यो। यस अवे म्याचमा ५९ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिडले शुरुमै बढ़त हासिल गरे पनि रियल बेटिसले असाधारण प्रदर्शन गर्दै अन्तमा म्याच जित्यो। रियल म्याड्रिडको निम्ति ब्राहिम डिआजले १०औं मिनटमा गोल गरे। यसरी रियल बेटिसबाट जोनी कारडोसोले ३४औं र इस्कोले ५४औं मिनटमा गोल गरे। रियल बेटिसले आफ्नो घरेलु समर्थकहरूल अघि रियल म्याड्रिडलाई पूरा म्याचको अवधि दबाउमा राख्यो। यस जीतको साथै रियल बेटिस २६ वटा म्याचमा ३८ पोइण्ट्सको साथ ला लीगा टेबलको छैटौं स्थानमा रहन पुग्यो। यसरी तेस्रो स्थानमा रहने रियल म्याड्रिडसँग ५४ पोइण्ट्स रहेको छ।
यसरी एट्लेटिको म्याड्रिडले आफ्नो उत्कृष्ट प्रदर्शनको क्रम जारी राख्दै एथलेटिक क्लबविरुद्ध १-०-ले रोमाञ्चक जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा ५१ प्रतिशत पोजेशनको साथ खेले पनि एट्लेटिको म्याड्रिडले विपक्षी टीमबाट कड़ा चुनौतीको सामना गर्नु पऱ्यो। अन्तमा जूलियन अल्वारेजले ६६औं मिनटमा दिलाएको गोलले एट्लेटिकोलाई विजयी बनायो। यस जीतको साथै एट्लेटिको म्याड्रिड ५६ पोइण्ट्सको साथ शीर्ष स्थानमा पुग्यो। यसरी एथलेटिक क्लब ४८ पोइण्ट्सको साथ चौथो स्थानमा रहेको छ। गिरोना र सेल्टा विगोबीच खेलिएको म्याच २-२-ले ड्र रह्यो। यसरी भाल्लाडोलिड र लास पाल्मास तथा रायो भाल्लेकानो र सेविलेबीच खेलिएको दुईवटा म्याच १-१-को समान अन्तरले ड्र रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement