ओपनर शर्टको चोटले अष्ट्रेलियालाई झट्का

IMG-20250301-WA0321

लाहौर: अष्ट्रेलियाका ओपनिंग ब्याटर म्याथ्यू शर्ट भारत या न्यूजील्याण्डविरुद्ध खेलिने च्याम्पियन्स ट्रफीको म्याचमा अनिश्चित बन्न पुगेका छन्। अफगानिस्तानविरुद्ध म्याचमा चोटको शिकार हुने शर्टले वर्षाले रद्द भएको म्याचमा १५ बलमा २० रन बनाएका थिए। अष्ट्रेलियाका कार्यवाहक कप्तान स्टीव स्मिथले भने, मेरो विचारमा उनी सम्पूर्ण रूपले फिट छैनन्। उनी ठीकसँग हिँड़डुल गर्न सकिरहेका छैनन्। अघिल्लो म्याच अघि उनी चोटमुक्त हुनु मुश्किल लागिरहेको छ। अष्ट्रेलियाले शर्टको स्थानमा आक्रामक ब्याटर ज्याक फ्रेसर म्याकगर्कलाई खेलाउन सक्छ तर श्रीलंकाविरुद्ध हालै खेलिएको वनडे सीरीजमा उनको प्रदर्शन औसत रहेको थियो। अलराउण्डर आरोन हार्डी पनि विकल्प हुन सक्छन्। अष्ट्रेलियाले च्याम्पियन्स ट्रफीको पहिलो म्याचमा ईंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेक थियो। त्यसपछि दक्षिण अफ्रिका र अफगानिस्तानविरुद्ध म्याच चाहिँ वर्षाले गर्दा रद्द भयो। ग्रुप बी-मा अष्ट्रेलिया ४ पोइण्ट्सको साथ दोस्रो स्थानमा रह्यो। यसरी दक्षिण अफ्रिका ५ पोइण्ट्सको साथ ग्रुपको शीर्षमा रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement