दुबई: भारतीय क्रिकेट टीमका सहायक प्रशिक्षक रेयान टेन डोइशेले विकेटकीपर ब्याटर रिषभ पन्तको निम्ति च्याम्पियन्स ट्रफीको अवधि म्याच नखेलेर बेञ्चमा बस्नु कठिन रहेको तर यस खेलको यही नै प्रकृति रहेको मत व्यक्त गरेका छन्। पन्तले टुर्नामेण्टमा अहिलेसम्म खेल्ने मौका पाएका छैनन्। उनको स्थानमा केएल राहुलले विकेटकीपर ब्याटरको भूमिका निर्वाह गरे, जसले मीडलअर्डरमा असल ब्याटिंग गर्नको साथै विकेटकीपरको भूमिकामा असल काम गरिरहेका छन्। डोइशेले भने, पन्तको निम्ति बाहिर बस्नु सजिलो छैन तर यस स्तरमा यही खेलको स्वभाव हो। केएल राहुलले असल प्रदर्शन गरिरहेका छन्। अधिक मौका नपाए पनि हामीले पन्तलाई तयार राख्न चाहन्छौं। कहिले-कसको आवश्यकता पर्नेछ भन्ने हामीलाई थाहा छैन। यसबाहेक टीममा दुईजना दिग्गज विकेटकीपर रहनु पनि राम्रो कुरा हो। यसको साथमा डोइशेले आइतवार भारत र न्यूजील्याण्डबीच खेलिने म्याचमा स्पिनरहरूका महत्त्वपूर्ण भूमिका रहने पनि स्वीकार गरे। उनले भने, न्यूजील्याण्डसँग पनि ४ जना स्पिनर रहेको छ। यसैकारण यो म्याच स्पिनरहरूका हुनेछ। स्पिनरहरूका यति ठूलो भूमिका रहने टुर्नामेण्ट अघि हामीले सोचेका थिएनौं। यसबाहेक स्पिनरहरूलाई पीचबाट पनि सहायता प्राप्त भयो। भारत र न्यूजील्याण्डले अगावै सेमिफाइनलमा स्थान बनाइसकेको छ।