सरकारी नियम मिच्दै गेजिङमा मासु बेचेको आरोप

IMG-20250301-WA0382

गान्तोक: राज्य सरकारको धर्म विभागले हालै एक नोटिफिकेसन जारी गर्दै २८ फरवरीदेखि १४ मार्चसम्म राज्यभरि मासु बिक्री गर्न नपाउने उल्लेख गरेको थियो। सरकारको उक्त नियमलाई उल्लङ्घन गर्दै गेजिङ जिल्लाका एक व्यापारीले मासु बिक्री गरेको थाह पाएपछि गेजिङ जिल्लाका नगर पञ्चायत र पुलिस टोलीले कारवाही अभियान चलाए को छ। उक्त खबर पाएपछि सम्वन्धित अधिकारीहरूले निरीक्षण गर्ने क्रममा गेजिङको नयाँ बजारको एक मासु दोकानबाट पोल्ट्री कुखुरा बिक्री गरेको फेला पाऱ्यो।

निरीक्षण टोलीले ३५ किलो मासु जफ्त गरेपछि त्यसलाई नियमअनुसार जमीनमा पुरेको छ। गेजिङ नगर पञ्चायतले सबै मासु दोकानेहरूलाई सरकारको नियमलाई पालन गर्ने आग्रह गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement