केन्द्रीय मन्त्री मोहोलको राज्यपालसित भेट

IMG-20250301-WA0381

गान्तोक: दुई दिवसीय सिक्किम भ्रमणमा आएका केन्द्रीय नागरिक उड्डयन तथा सहकारिता राज्यमन्त्री मुरलीधर मोहोलले आज राज्यका राज्यपाल ओम प्रकाश माथुरसँग राजभवनमा शिष्टचार भेट गरे। भेटका क्रममा दुईबीच राज्यमा हवाई कनेक्टिभिटी सम्बन्धी विभिन्न प्रमुख मुद्दाहरूमा छलफल गरे। राज्यपालले पाक्योङ विमानस्थलमा अत्याधुनिक अवतरण प्रणाली यथाशीघ्र सञ्चालन गर्नुपर्ने विषयमा जोड दिए। यसका साथै, स्पाइसजेट बाहेक अन्य एयरलाइन्सको उडान शुरु गर्ने विषयमा पनि छलफल भएको थियो। केन्द्रीय मन्त्रीले हवाई सेवा छिट्टै शुरु हुने र अत्याधुनिक अवतरण प्रणालीलाई छिट्टै सञ्चालनमा ल्याइने आश्वासन दिए। उनले आगामी दिनमा पाकिम विमानस्थलबाट अन्य एयरलाइन्सका उडानहरु पनि सञ्चालनमा आउने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement