आश्रम मोडल स्कूल हस्तान्तरण

IMG-20220906-WA0227.jpg

गान्तोक: आश्रम मोडल आवासीय विद्यालयको औपचारिक हस्तान्तरण कार्यक्रम गेजिङ जिल्लापाल हिस्से डी योङडा र सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालको उपस्थितिमा आज विद्यालय परिसरमा गरियो। कार्यक्रममा समाज कल्याण विभागक उपसचिव प्रेमकमल राई, प्रमुख कार्यकारी अधिकृत सोरेङ सागर मोक्तान, शिक्षा विभाग र सामाजिक न्याय तथा कल्याण विभागका अधिकारीहरु, प्रधानाध्यापक र कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको थियो। सोरेङका जिल्लापाल भीम ठटालले आफ्नो सम्बोधनमा आजसम्म विद्यालय व्यवस्थापनमा अनुकरणीय प्रयास गरेकोमा खुसी व्यक्त गरे। साथै विद्यालयलाई बिकासको दिशामा लैजान प्रेरणादायी हुने विश्वास व्यक्त गरे। उनले थप सुविधा लिनको लागि विद्यालयलाई समग्र शिक्षा अभियानअन्तर्गत सूचीकृत गर्न आवश्यक कदम चाल्न सम्बन्धित अधिकारीहरूलाई सुझाव पनि दिए।

ठटालले विद्यालयलाई राज्यकै प्रेरणादायी संस्था बनाउने इच्छा व्यक्त गर्दै लाइन विभागका पदाधिकारी र विद्यालय व्यवस्थापन टोली दुवैको इमान्दार प्रयास र टिमवर्कबाट यो सम्भव भएको स्वीकार गरे। यसअघि प्रधानाध्यापक फूर्वा छिरिङ भोटियाले स्थापनाकालदेखि सुरु भएको विद्यालयबारेमा विस्तृत रुपमा बताए। हाल विद्यालय सामाजिक न्याय तथा कल्याण विभाग र शिक्षा विभागको मातहतमा रहेको उनले बताए । उनले राज्य र राष्ट्रिय स्तरमा विद्यार्थीले हासिल गरेका केही उपलब्धिहरूबारे पनि बताए। साथै, उनले विद्यार्थीहरु संगै व्यवस्थापनले सामना गर्नुपरेका धेरै चुनौतीहरुको बारेमा पनि बताए। जसमा सोरेङ जिल्लापालले उल्लेखित समस्या समाधान गर्न जिल्लाले क्रमशः काम गर्ने आश्वासन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement