पाकिममा राष्ट्रिय अर्किड महोत्सव शुरु

IMG-20250301-WA0377

गान्तोक: भारतीय अर्किड महोत्सव आजदेखि शुरु भयो। आजदेखि शुरु भएको महोत्सव चार दिनसम्म चल्नेछ। भारतीय कृषि अनुसन्धान परिषले “सौन्दर्य र समृद्धिका लागि अर्किड” भन्ने विषय अन्तर्गत आयोजना गरेको महोत्सवको उद्देश्य भारतीय फूलखेतीलाई बढावा साथै भारतीय अर्किडको शक्ति, स्थिति र विकासलाई प्रमुखता दिनु रहेको छ। डा. भीके मिश्राले प्रकृतिको संरक्षणमा काम गर्ने महत्त्वमा जोड दिँदै अर्किड उद्योगको माध्यमबाट यसलाई अझ विस्तार गर्न सकिने उल्लेख गरे। डा. अरुणव पट्टनायकले अर्किड उत्पादकहरूलाई उनीहरूको आपूर्ति बढाउन र व्यापारलाई विस्तार गर्न समन्वय कायम राख्ने सल्लाह दिए। यसबाहेक, श्रीनगरबाट आएका परिषदका निर्देशक डा. एमके वर्माले बजारमा अर्किडको सम्भावनाहरूबारे विचार साझा गर्दै अर्किडले ग्रामीण अर्थनीतिलाई विस्तार गर्ने उल्लेख गरे।

यस कार्यक्रममा राष्ट्रियस्तरको अर्किड प्रदर्शनी तथा प्रतियोगिता, भारतमा अर्किडको प्रवर्द्धन सम्बन्धी राष्ट्रिय संवाद र विचारमन्थन र सरोकारवालाहरूको बैठक, अर्किड र आईपीआर मुद्दाहरूमा जागरूकता र प्रशिक्षण कार्यक्रम पनि सामेल गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement