चियाबारीको तीस प्रतिशत जमीन विषयमा दार्जिलिङ डुवर्स चिया श्रमिक सुरक्षा समितिको दुई दिने धरणा शुरु

IMG-20250301-WA0316

दार्जिलिङ: दार्जिलिङ डुवर्स चिया श्रमिक सुरक्षा समितिले राज्य सरकारको तीस प्रतिशत चिया बगान जमीन चिया उत्पादनबाहेक बिजिनेसको उद्देश्यका लागि प्रयोग गर्न अनुमति दिने निर्णयको विरोधमा आजदेखि दार्जिलिङको चौरस्तामा दुई दिने धर्नामा बसेको छ। दार्जिलिङ डुवर्स चिया श्रमिक सुरक्षा समितिकी अध्यक्ष बन्दना राईले उक्त धरणा प्रदर्शन विषयमा भनिन् , चिया बगानको तीस प्रतिशत जमीन कसैलाई पनि दिने छैनौं किनकि यी सबै आदिवासी जग्गा हुन्। दार्जिलिङ डुवर्स चिया श्रमिक सुरक्षा समितिले उठाएका अन्य मुद्दाहरूमा चिया बगान श्रमिकहरूलाई केवल ५ डेसीमल जमीनको पर्जा पट्टा,
चिया बगान श्रमिकहरूको लागि बीस प्रतिशत पूजा बोनस र न्यूनतम रोजगार अधिनियम कार्यान्वयन रहेको छ। धर्ना आयोजना गर्न अनुमति नदिएकोमा उनले स्थानीय अधिकारीलाई पनि आलोचना गरिन्।

राईले उच्च न्यायालयको निर्देशनमा धर्ना आयोजना गर्न वा लाउड स्पिकर प्रयोग गर्न कुनै अनुमति आवश्यक छैन भनिएको छ। यो सार्वजनिक सम्पत्ति हो, उनीहरूको निजी सम्पत्ति होइन त्यसैले हामीलाई धर्ना आयोजना गर्न अनुमति आवश्यक छैन भनी बताएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement