तीनधारे: खरसाङ खण्डको तीनधारे महानदी समष्टि अन्तर्गत शिवखोला ग्राम पञ्चायतको शिवखोला निवासी प्रकाश राईको एकदमै जीर्णावस्थामा रहेको घर जीटीएको प्रमुख कार्यपाल अनित थापाको सहयोगमा निर्माण गरिने भएको छ। उक्त घरको निर्माणको लागि अनित थापाको निर्देशन अनुसार शनिवार भूमि पूजन गरेर शिलान्यास गरिएको छ। उक्त शिलान्यास कार्यक्रममा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, पञ्चायत समिति सदस्या अनिरा वाइबा, पञ्चायत सदस्य बिक्की तामाङ अनि भागोप्रमो तीनधारे समष्टिका सभापति राजीव थापा, उप सभापति राजु लामा, युवा मोर्चाका समष्टि सभापति केवल राई, प्रवक्ता बिपन विश्वकर्म लगायत अन्य पदाधिकारीहरुको उपस्थितिमा शिलान्यास गरिएको छ। स्थानीय प्रकाश राईको घर एकदमै जीर्णावस्थामा रहेको र विगत पञ्चायत चुनावको समयमा भागोप्रमो अध्यक्ष अनित थापाले निरीक्षण गरेर नयाँ बनाई दिने वाचा गरेका थिए र सोही वाचा अनुसार प्रकाश राईको नयाँ घर निर्माण हुने भएको छ। उक्त घरको निर्माणको लागि पूजा अर्चना गरेर शिलान्यास गरिएको छ। आफ्नो घर नयाँ बनिने भएपछि प्रकाश राईले तीनधारे महानदी समष्टि कमिटीलाई धन्यवाद दिन्दै विशेष गरेर जीटीए प्रमुख कार्यपाल अनित थापालाई धन्यवाद दिएका छन्। उनले अहिलेसम्म लामो समयदेखि जीर्णावस्थामा रहेको घर बनाउन कोही आएनन् तर आज आएर अनिता थापाले बनाई दिने भएपछि खुशी छज भनी बताएका छन्। शिवखोला निवासी प्रकाश राईको जीर्णावस्थामा रहेको घर नयाँ बनाउनलाई शिलान्यास कार्यक्रमपछि पत्रकाहरुसित कुराकानी गर्दै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले भने, स्थानीय प्रकाश राईको घर एकदमै जीर्णावस्थामा रहेको थियो र समष्टि कमिटीले पहल गरेपछि जीटीए प्रमुख अनित थापाले निर्माण गरिदिने भएको छ। यसको लागि आज भूमि पूजन गरेर शिलान्यास गरिएको छ र सामानहरु पनि आएको छ भने अब घर निर्माणको कार्य पनि शुरु हुनेछ।’

यसै क्रममा पञ्चायत समिति सदस्या अनिरा तामाङले भनिन् , जीटीए प्रमुख अनित थापाले हाम्रो क्षेत्रमा धेरै घरहरु निर्माण गरिदिनु भएको छ। र गत पञ्चायत चुनावको समयमा दिएको वाचालाई पूरा गर्दै प्रकाश राईको घर निर्माण हुने भएको छ।’
यसै क्रममा स्थानीय युनियनका नेता दिवस वाईबा र हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाले स्थानीय गाउँलेहरु र चियाबारीको तर्फबाट जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्।