सोनादा: आशारिका फाउण्डेशन सोनादा रंगबूलद्वारा रंगबूल अनि धोतरिया बालसानमा डे केयर सेन्टर खोलेर नानीहरुलाई नि:शुल्क पढाई साथै मन्ध्यान्ह भोजन दिइरहेको छ। यसै क्रममा शनिवार आशरिका फाउण्डेशनद्वारा नयाँ चारवटा डे केयर सेन्टर तुङ्गसुङ्ग चियाबारी, सिडर्स चियाबारी, मुण्डाकोठी चियाबारी र चन्द्रमानधुरामा खोलिएको छ। यस डे केयर सेन्टर स्व भुषण अरोरा र कन्चन अरोराको नाममा खोलिएको बताइएको छ। भुषण अरोरा सन् १९७७-७८ मा रंगबुकको म्यानेजर रहेका थिए र चियाबारीका मानिसहरुसित असल समबन्ध रहेको बताइएको छ। कञ्चन अरोरा शिक्षाविद् थिए अनि चियाबारीको नानीहरुलाई पढाई गराउनको लागि हौसाला दिने गर्थ्ये। यी चारवटा डे केयर सेन्टरहरू विषयमा फाउण्डेशनको सभापति रितिवक तामाङले जानकारी दिएका छन्। यस कार्यक्रममा आशारिका फाउण्डेशनका सभापति रितिवक तामाङ र सचिव रूपेश क्षेत्री विशेष रुपमा उपस्थित रहेका थिए










