प्राथमिक शिक्षक शिक्षिकाहरुलाई लिएर रंगबुलमा शिक्षक अभिमुखीकरण (ओरियन्टेशन) कार्यक्रम सम्पन्न

IMG-20250301-WA0308

सोनादा: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभागको आयोजनामा रंगबुलमा सोनादा सर्कलका प्राथमिक शिक्षक शिक्षिकाहरुलाई लिएर शिक्षक अभिमुखीकरण (ओरियन्टेशन) कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रम दुई चरणमा आयोजना गरिएको थियो। यस अन्तर्गत पहिलो सत्रको कार्यक्रममा‌ प्राथमिक पाठशालाहरुलाई लिएर प्रशासनिक कार्यक्रम सम्पन्न गरिएको छ‌ जसमा प्राथमिक पाठशालाको कतिपय नियमहरु र प्रशासनिक कुराहरुलाई लिएर आयोजना गरिएको छ। यसमा स्कूल निरीक्षकहरुले विभिन्न विषयमा जानकारी गराएका छन्‌‌। त्यसरी नै दोस्रो सत्रमा प्राथमिक पाठशालाका शिक्षक शिक्षिकाहरुलाई लिएर वर्तमान शिक्षा पध्दतिलाई आयोजना गरिएको छ। यसमा विद्यार्थी नानीहरुलाई कसरी पढाउनु पर्ने साथै शिक्षा दिन्दा कुन पध्दतिलाई अप्नाउनु पर्ने जस्ता विषयहरुमा रहेको थियो‌ भने प्रशासनिक सत्रमा एआइ रेजिना लेप्चा, एआइ तृनेशा लामा, मिलिम लेप्चा, एआइ अनिमा तामाङले शिक्षक शिक्षिकाहरुलाई विभिन्न विषयहरुमा पढाएका थिए। यसरी नै दोस्रो सत्र अथवा शैक्षिक सत्रमा पिटिटिआइ दार्जिलिङका प्राध्यापकहरुले शिक्षा पध्दति विषयमा पढाएका थिए। यस कार्यक्रममा‌ मुख्य अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागका‌ कार्यकारी सभासद राजेस चौहान उपस्थित रहेका थिए‌ भने विशिष्ट अतिथिको रुपमा टुंग सन्तमेरिज समष्टिको‌ सभासद नुरी शेर्पा, रङबुल ग्राम पञ्चायतको पञ्चायत प्रधान, पञ्चायत सदस्य एनोशहाङ्ग सुब्बा लगायत अन्यहरु उपस्थित रहेका थिए।

यस कार्यक्रमलाई सोनादा सर्कलको एसआई आनन्द शर्माले‌ सञ्चालन गरेका थिए भने स्वागत वक्तव्य सुखे खण्डको एआई प्रदिप सुब्बाले राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement