उत्तरेमा विश्वकर्मा पूजा फूटबल प्रतियोगिता

IMG-20220906-WA0226.jpg

गेजिङ: उत्तरे लोकल ट्याक्सी चालक संगठनको आयोजनमा सम्पन्न भइरहेको विश्वकर्मा पूजा खुल्ला लातेभकुन्डो खेल प्रतियोगिताको चौथो दिनमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टी पश्चिम जिल्ला महासचिव सुदेश लिम्बू मुख्य अतिथिका रुपमा उपस्थित रहेका थिए भने साथमा मानेबोङ देन्ताम क्षेत्र प्रभारी पूर्णहाङ लिम्बू साथै युवा संयोजक गेजिङ जिल्ला बीएम लिम्बू अतिथि थिए। आजको खेलमा खेलाड़ीहरुले अति रोचक खेल देखाएर आमन्त्रित अतिथि लगायत उपस्थित सम्पूर्ण खेलप्रेमी दर्शकहरुलाई आनन्द दिलाए। कार्यक्रममा थप मनोरन्जनको लागि विभिन्न संघसंस्थानहरु अनि विद्यालयबाट सुन्दर नृत्यहरु प्रस्तुत गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement