चौथो प्रकृति र वन्यजन्तु फोटोग्राफी प्रदर्शनी २०२५ काे सम्पन्न

IMG-20250301-WA0289

सिलगढी: चौथो प्रकृति र वन्यजन्तु फोटोग्राफी प्रदर्शनी २०२५ शनिबार सिलगढी सहरमा आयोजना गरिएको थियो। सो प्रदर्शनी सिलगढीको रामकिंकर हलमा यो आयोजना गरिएको थियो।
आजको प्रदर्शनीको उद्घाटन कार्यक्रममा सिलगढीका मेयर गौतम देब, उपमेयर रञ्जन सरकार र अन्यक़ो उपस्थिति थियो। कार्यक्रममा चर्चित चलचित्र कलाकार तथा वन्यजन्तु प्रेमी सब्यसाची चक्रवर्ती पनि विशेष अतिथिका रुपमा उपस्थित थिए।
यस प्रदर्शनीमा प्रकृति र वन्यजन्तु फोटोग्राफीसँग सम्बन्धित करिब ७० कलाकारको सहभागिता रहेको र उनीहरुका धेरै तस्विरहरु प्रदर्शनीमा राखिएको छ। यो चौथो प्रकृति तथा वन्यजन्तु फोटोग्राफी प्रदर्शनीमा सबैको विशेष प्रतिक्रिया आएको आयोजकले बताए। यसका साथै यस प्रदर्शनीले वन तथा वन्यजन्तुको संरक्षणमा पनि जनताको ध्यानाकर्षण गराएको छ। यो प्रदर्शनी आज र भोलि आइतवार सिलगढीको रामकिंकर हलमा आयोजना गरिने आयोजकले बताएको छ, जहाँ वन्यजन्तु र जनावरहरूलाई माया गर्ने मानिसहरूले प्रदर्शनी हेर्न सक्छन्।
अर्कोतर्फ, एक्स्पोको पहिलो दिन धेरै मानिसहरुको सहभागिता रहेको थियो। तीमध्ये विशेष गरी प्रेरणा स्वरूप नेत्रहीन विद्यालयका बालबालिकाले पनि सो प्रदर्शनी अवलोकन गरेका थिए। सब्यसाची चक्रवर्ती आफैंले बालबालिकाका सबै तस्बिरहरू देखाए र ती सबै तस्विरहरूको पछाडिको शाब्दिक अर्थमा पनि प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement